AArya
RUMPUM
animated ellipse animated ellipse

एभरेष्ट साइन्स सेन्टरको आजीवन सदस्य एक सयमै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ श्रावण २०७४, बुधबार १५:३८
3
Shares
विराटनगर, २५ साउन / विज्ञान अध्ययन गर्ने विद्यार्थीको लागि रिसर्च सेन्टरको रुपमा परिणत हुँदै गएको सुनसरीको बर्जु गाउँपालिका ५ शान्तिवनमा रहेको एभरेष्ट साइन्स सेन्टरले आजीवन सदस्य बन्नेलाई एक सय रुपैयाँमा सदस्य बनाउने भएको छ ।
सेन्टरले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरि यस्तो जानकारी दिएको हो । जनताको घर आगनमा विज्ञान केन्द्र पु¥याउने उद्देश्य अनुरुप यस्तो कार्यक्रम ल्याएको एभरेष्ट साइन्स सेन्टरको अध्यक्ष डा. दिलिप अधिकारीले जानकारी दिए ।
विज्ञानलाई सरलिकृत गरौ भन्ने हाम्रो उद्देश्इले हो, उनले भने, ‘जसले साइन्स सेन्टरको सदस्य लिनछन् उनीहरुको लागि लागि यो अवसरमा परिणत हुनेछ ।’ सेन्टरको आजीवन सदस्य बन्नको लागि सिस्टम बनाउने तयारीमा भइरहेको हुनाले केही दिनमा सदस्य हुने इच्छुकले बन्न सक्ने अध्यक्ष अधिकारीले बताए ।
उनका अनुसार सन २०१७ को डिसेम्बर ३१ भित्रमा सदस्य बनिसक्नु पर्नेछ । सदस्य बनेकाहरुले सुविधान भने सन २०१८ जनवरी १ देखि सुरु हुनेछ । अधिकारीको अनुसार सदस्य बन्नको लागि पहिलो प्राथामिकता विद्यार्थीलाई दिने तयारी गरेको बताए ।
पहिलो चरणमा झापा, मोरङ र सुनसरीमा एभरेष्ट साइन्स सेन्टरको सदस्य बनाउने तयारी सेन्टरले गरेको छ । सदस्य लिएकोले विज्ञान केन्द्र तथा शान्तिवनको जीवनभर जतिपटक प्रवेश गर्दा निःशूल्क प्रवेश, विज्ञान मेला हुदा निःशुल्क प्रवेशलगायतको विभिन्न सेवा लिन पाउनेछन् ।
अहिले एभरेष्ट साइन्स सेन्टरमा विज्ञानसँग सम्बन्धी विभिन्न सामाग्रीहरु रहेको छ । अध्यक्ष अधिकारीको अनुसार अबको तीन वर्ष भित्रमा एभरेष्ट साइन्स सेन्टमा छुट्टै विज्ञान प्रयोगशाला, महोहर पार्क, केवलकारको तयारी गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर