AArya
RUMPUM
animated ellipse animated ellipse

राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ श्रावण २०७४, मंगलवार १५:१३
3
Shares
विराटनगर,२४ साउन  /प्रत्येक वर्ष विराटनगरमा निकालिने ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा पुगको छ ।
रथ यात्रा निकालिएको ५० वर्ष पुगेको अवसरमा यो वर्ष राधाकृष्ण रथ यात्रालाई स्वर्ण महोत्सवका रुपमा मनाईने भएको छ । श्री राधाकृष्ण रथ यात्रा समारोह समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी रथ यात्राको तयारीका वारेमा जानकारी गराएको छ ।
आयोजक समितिका अध्यक्ष वावुराजा ओझाले राधाकृष्ण रथ यात्राको राष्ट्रिपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उनले रथ यात्रा निकालिएको ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सवको आयोजना समेत गरिने जानकारी दिए । विराटनगरको तिनपैनी स्थित राधाकृष्ण मन्दिरवाट शुरु हुने रथ यात्राले नगर क्षेत्रको सात किलो मिटरको दुरी परिक्रमा गर्ने वताइएको छ । सो अवसरमा ४३ स्थानमा रथ यात्रा विश्राम गरिने छ ।
त्यसैगरी रथ यात्राको अवसरमा हेलिकप्टरवाट पुष्पदृष्ट्रि गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । रथ यात्रामा नेपाल भारतका गरी ५ लाख भतmजनको सहभागीता रहने समितिका संयोजक ओझाले जानकारी दिए । रथ यात्रा व्यवस्थापनका लागि विभिन्न २० वटा उपसमिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रत्येक वर्ष श्री कृष्ण जन्म अष्टमीको भोली पल्ट विराटनगरमा विषेश राधाकृष्ण रथ यात्रा निकालिने गरिन्छ ।
विराटनगरको तिनपैनीमा रहेको राधाकृष्ण मन्दिरको स्थापनासगै विक्रम सम्वद १९८८ सालदेखि खट यात्राको एतिहासिक जात्रा शुरु भएको थियो । त्यसपछि २०२५ सालवाट रथको निर्माण गरी रथ यात्रा महोत्सव विगत ५० वर्षदेखि सञ्चालन हुदै आएको छ । यो वर्ष प्रयोगमा ल्याइने रथ सुनौलो रंगमा पेगोडा शैलीको हुनेछ भने जसको लम्वाई १२ फिट चौडाई १४ फिट र उचाई १८ फिट रहने र रथमा प्रयोग गरिने डोरीको लम्वाई भने ७५ फिट रहने वताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर