खबर पूर्वाञ्चल
२३ श्रावण २०७४, सोमबार १५:०९
रतुवामाई, २३ श्रावन / रतुवामाई नगरपालिकाले आज विभिन्न क्षेत्रका विज्ञ तथा स्थानीयहरुसँग सुझाव संकलन गरेको छ ।
रतुवामाई नगरपालिकाको आगामी बार्षीक नीति तथा कार्यक्रमका लागि सुझाव संकलन कार्य गरिएको हो । रतुवामाई नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित प्रमुख तथा जनप्रतिनिधिहरुले १ सय दिन भित्रमा जिर्ण भएका सडकहरुको मर्मत गरीसक्नुपर्ने सुझाव दिएका छन् । यस्तै रतुवा नदी र वक्राहा नदी बिचमा रहेको नगरपालिकामा बर्षायाममा हुने क्षति हुन नदिन तटबन्ध निर्माण गरी धनजनको क्षति हुनबाट बचाउन स्थानीयहरुले सुझाव दिएका छन् । यस्तै सरकारी कार्यालयमा सेवाग्राही गएको १ घण्टामा काम सम्पन्न हुने गरी कार्य गर्न पनि रतुवामाई नगरपालिकाका स्थानीयहरुले सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले स्थानीयबासीको समस्या आफूलाई थाहा भएको र स्थानीयको राय, सुझाव अनुसार नै अगाडि बढ्ने बताउनु भयो । यस्तै रतुवामाई नगरपालिकाको भदौ १० गते नगरसभा हुने कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,शिक्षा, स्वास्थ्य, कृषि लगायतका विभिन्न क्षेत्रसग सम्बन्धीत व्यक्तिहरुको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?