AArya
RUMPUM
animated ellipse animated ellipse

जेसीज ट्यालेन्ट हन्टको उपाधि खड्कीलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ श्रावण २०७४, सोमबार १५:०८
3
Shares
विराटनगर, २३ श्रावन / विराटनगर जेसीज ट्यालेन्ट हन्टको उपाधि विराटनगरका निर्मल खड्कीले जितेका छन् । आइतबार मध्य रातमा सम्पन्न भएको प्रतियोतिको फाइनलमा पुगेका १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै निर्मलले उपाधि जितेका हुन् ।
उनले सबैलाई भावुक पार्ने अभियन गरेका थिए । उपाधिसँगै नगद २५ हजार रुपैयाँको साथै आकर्षण ट्रफि तथा गिफट ह्याम्पर प्राप्त गरे ।
विराटनगर जेसीजले स्कूल कलेजहरुमा अध्ययरत यूवाको बहुप्रतिभा खोजी गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगिताको फस्ट रनरअप सविता भण्डारी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँको साथै ट्रफि जितिन् । सविताले फाइनलमा कविता बाचन गरेकी थिइन् भने प्रतियोगिताको सेकेण्ड रनरअप इसिका नेपाल घोषित भइन् । उनले नगद १० हजार सहित ट्रफि प्राप्त गरिन् । इसिकाले गीत प्रस्तुत गरेकी थिइन् ।
प्रतियोगिताको बेस्ट डिसिपिलेन अनमोल अधिकारी, बेस्ट प्रसनालिटी मनसुरा कार्की भइन् भने हार्डवर्कीङ्ग कमला राईले एवार्ड जितिन् । फेसबुक पपुलर एवार्ड भने अंकित उदासले प्राप्त गरे ।
प्रतियोगिताको निर्णायकहरुमा नेपाली चलचित्रको महानायक राजेश हमाल, अभिनेता तथा नायक बावु बोगटी, स्वर संगम संगीतालय विराटनगरका निर्देशक तथा संगीतकार कुशेश्वर राई, जेसीज विराटनगरका पूर्व अध्यक्ष टिपी आचार्य, झोराहाट नाटय समुहका अध्यक्ष भरत गुरागाईलगायत रहेका थिए ।
प्रतियोगिताको बिजयी हुनेहरुलाई विराटनगर महानगरपालिको मेयर भिम पराजुली, विराटनगर जेसिजको अध्यक्ष मिलन पौडेल, पूर्व अध्यक्ष नवल उपाध्यलगायले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर