जेसीज ट्यालेन्ट हन्टको तयारी पुरा, फानलमा १६ जनाले प्रतिस्पर्धा गर्दै
खबर पूर्वाञ्चल
२१ श्रावण २०७४, शनिबार १४:५४
3
Shares
विराटनगर, २१ साउन / विराटनगरको वीरेन्द्र सभा गृह हलमा आइतबार साँझमा हुने जेसीज ट्यालेन्ट हन्टको फाइनलमा १६ जना प्रतियोगिले प्रतिस्पर्धा गर्दैछन् ।
आयोजक संस्था विराटनगर जेसीजले आज विराटनगरमा पत्रकार सम्मेलन गरि फाइनल प्रतियागिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
विराटनगरको स्कूल र कलेजमा अध्ययरत किशोर÷ किशोरीहरुको बहुप्रतिभा खोजी गर्ने उद्देश्यले जेसीजले आयोजना गरेको प्रतियोगिताको फाइनलमा गायन, नृत्य, अभियनलगायतको विदामा फाइनलमा १६ प्रतियोगि पुगेका अध्यक्ष मिलन पौडेलले जानकारी दिए । १ सय ८० जना भन्दा बढी सहभागिबाट फाइनलमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिलाई फाइनलमा उतारेको अध्यक्ष पौडेलेको भनाई छ ।
प्रतियोगिताको बिजेताले नगद २५ हजारसहित विराटनगरमा रहेको शिक्षादीप कलेजमा पूर्ण रुपमा छात्रवृत्ती पाउनेछन् ।
प्रतियोगिताको निर्णायकहरुमा नेपाली चलचित्रको महानायक राजेश हमालको साथै विभिन्न विद्याको विज्ञ निर्णयकहरु रहनेछन् । प्रमुख निर्णायकको रुपमा महानायक हमाल रहनेभएपछि शनिबारनै हमाल विराटनगर आएका छन् । फाइनलमा पुगेका प्रतियोगिहरुलाई दुई महिना प्रशिक्षण दिएको बताइएको छ ।