RUMPUM
animated ellipse animated ellipse

विराटनगरको विकासमा जापानले सहयोग गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ श्रावण २०७४, शनिबार १४:५३
3
Shares
SAMSUNG CAMERA PICTURES
विराटनगर साउन २१ / नेपालका लागि जापानी राजदुत मसाशी ओगावाले विराटनगर महानगरपालिकाको समग्र विकासका लागि आफु सहयोग गर्न तयार रहेको बताएका छन् ।
विराटनगर महानगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत ओगावाले यस्तो बताएका हुन् । यसअघि पनि नेपालका विभिन्न क्षेत्रमा लगानी गरेको स्मरण गर्दे ओगावाले विराटनगर महानगरपालिकको भौतिक निर्माणका लागि पनि जापान सरकारले सहयोग गर्ने बताए । विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले महानगरपालिका भित्र स्वच्छ खानेपानीको समस्या रहेको भन्दै समाधान लागि जाइका मार्फत सहयोगको आग्रह गरे ।
यसैगरी विराटनगर महानगर वार्डनं १७ मा मुस्लिम यूवाहरुले मेयर पराजुलीलाई सम्मान गरेका छन् । मुस्लिम युवा नेता मो.तनबिरको अध्यक्षतामा भएको कार्यक्रममा मुस्लिम यूवाहरुले मुस्लिमको अधिकार र समस्याका विषयमा महानगरले संबोधन गर्नु पर्ने माग राखेका थिए । कार्यक्रममा मेयर पराजुलीले महानगरका समस्या पहिचान र प्राथमिकताका आधारमा सवैकुराको संबोधन हुदै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर