विराटनगर २० साउन महानगर भित्रका समस्या पहिचान गरी समस्या समाधानका लागी महानगरपालिकाले काम गरिरहेको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताएका छन् ।
नेपाली कांग्रेस ४ न वडा समितिले आज विराटनगरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताएका हुन् । महानगरका समस्या एकैताली संबोधन गर्न असम्भव भएकाले क्रमश पहिलो प्राथमिकतामा गर्नु पर्ने कामको पहिचान गरी समस्या समाधान गरिने बताए । एक सय दिन भित्र विराटनगर महानगरका सडक क्षेत्रका खाल्डा खुल्डी पुर्ने ,बृद्धबृद्धाहरुको भत्ता वितरणमा सहज बनाउने र मोतिया बिन्दु भएकाहरुको पूर्णरुपमा उपचार गरिने मेयर पराजुलीले जानकारी दिए ।
कार्यक्रमा सहभागी स्थानीयले बाटोघाटो,विजुली,सुकुम्बाुसी समस्या समाधान गर्न र रोजगारीको सिर्जना गर्नु पर्ने लगायतका माग राखेका थिए ।