खबर पूर्वाञ्चल
२० श्रावण २०७४, शुक्रबार १४:५०
विराटनगर, २० साउन / शिक्षादिप कलेज विराटनगरले छात्रा तर्फ पूर्वाञ्चल टप गरेको दावि गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित कक्षा १२ को बिज्ञान संकायको परीक्षाफलमा विराटनगर–९ मा रहेको शिक्षादिप उच्च माविले आफ्ना छात्रा मेघा साहले पूर्वाञ्चल टप गरेको दावि गरेको हो ।
मेघाले ८५.८ प्रतिशत ल्याएकी छिन् । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाका अनुसार मेघा साहले उत्कृष्ट अंक ल्याएकी छिन् ।
शिक्षादिप कलेजबाट परीक्षामा सहभागि भएका ४ सय ७० विद्यार्थी मध्ये ६६ जनाले विशिष्ट श्रेणी र ३ सय ६० जनाले प्रथम श्रेणी सहित ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण गरेको खडकाले जानकारी दिए । शिक्षादिप कलेजी छात्रा कोमल साहले यस बर्ष विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस तर्फ २२ औं स्थानमा उत्तीर्ण गरेको खडकाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?