इडेनका विद्यार्थीले देखाए ‘प्रत्यागमन’ नाटक, भावुक भए दर्शक
खबर पूर्वाञ्चल
२० श्रावण २०७४, शुक्रबार १४:४९
108
Shares
विराटनगर, २० साउन । विराटनगरको इडेन स्कूलका विद्यार्थीहरुले अभियन गरेको नाटक मञ्चन गरिएको छ । आरोहण गुरुकुलमा मञ्चन भएको नाटकमा विद्याथीहरुले दर्शकलाई भावुक बनाएका छन् ।
कक्षा दशको नेपाली पुस्तकमा गुरुप्रसाद मैनालीद्धारा लिखित ‘प्रत्यागमन’ नामक कथालाई विद्यार्थीले नाटकको माध्यमबाट मार्मिक रुपमा प्रस्तुत गरेका थिए ।
लेखक मैनालीले दाजु भाई र भाउजु बिचको सदभाव, माया उठान गरिएको कथालाई विराटनगरको आयल निगम पूर्व रहेको ईडेन नेशनल बोर्डिङ स्कूलमा अध्ययरत विद्यार्थीहरुले सरल ढंगले अभियन गरे ।
दुई साता बढी गुरुकुलमा प्रशिक्षण लिएर विद्यार्थीहरुले बिहीबारदेखि नाटक मन्चन सुरु गरेका हुन् । शनिबारसम्म सञ्चालन हुने नाटक ईडेन स्कूलका लक्ष्मी खनाल, समिर प्रसाई, इच्छा खतिवडा, प्रतिक थापा, शुसान्त गिरी, आयूष ढकाल, अंकित विश्वसा, निश्चत न्यौपाने, क्रिस्ता पोखरेल, वेदन्ती सापकोटा, सन्जय नेपाल, सुभ पराजुली त्रिसला खतिवडा, इशिका चौलागाई, विपुल भट्टराई, श्रृती नेपाल, रिदम बस्नेतलगयातले अभिनय गरेका छन् ।
पाठयक्रममा रहेको सैद्धान्तिक ज्ञान हासिल गरेपछि विद्यार्थीले व्यवहारमा उतार्ने उद्देश्यले नाटक तयार परेको स्कूलका प्रिन्सिपल सि.एम. बस्नेतले जानकारी दिए ।