animated ellipse animated ellipse

मैत्रीपूर्ण फुटसलकोे उपाधि पत्रकार महासंघले चुम्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ श्रावण २०७४, मंगलवार १४:१९
3
Shares
विराटनगर १७ साउन / आवर विराटनगर डट नेटले आयोजना गरेको मैत्रिपूर्ण फुटसलको उपाधि नेपाल पत्रकार महासंघ मोरङ शाखाले जितेको छ ।
विराटनगरमा आज साँझ सम्पन्न भएको प्रतियोगितामा आयोजक ओवी मिडिया प्रा.लि.लाई ८—४ गोलको फराकिलो अन्तरले पराजितगर्दै उपाधि माथि कब्जा जमाएको हो ।
आगामी भदौ ९ देखिसुरु हुन लागेको विराट फुटसल प्रतियोगितालाई मध्यनजर राख्दै ओवि मिडिया प्रा.लि.ले नेपाल पत्रकार महासंघ मोरङबिच मैत्रीपूर्ण प्रतियोगिता आयोजना गराएको हो ।
जितको लागि नेपाल पत्रकार महासंघको तर्फबाट पत्रकार अनिल श्रेष्ठ ४ गोल, दिपेन्द्र कार्कीले २ र मनोज ओझाले २ गोल गरि टिमको लागि जित हासिल गरेको थियो ।
दोस्रो हाफदेखि आयोजकलाई दबाबमा राखेको पत्रकार टोलीले दोस्रो हाफदेखि निरन्तर गोल गरि उपाधि जित्न सफल भएको हो । मैत्रीपूर्ण खेलको म्यानअफद म्याच नेपाल पत्रकार महासंघका पत्रकार अनिल श्रेष्ठ घोषित भए ।
उत्ता आयोजकका तर्फबाट सुशिल साहले २, बिवेक दाहाल १ र अनुभव दाहालले १गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर