AArya
RUMPUM
animated ellipse animated ellipse

अवैद्य सामान बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ श्रावण २०७४, बिहीबार १३:५५
3
Shares
प्रहरीले बरामद गरेको सामान देखाउँदै । तस्विर - रविन्द्र बराल
रङ्गेली, १२ साउन / ईलाका प्रहरी कार्यलय रङ्गेलीले भारतबाट भन्सार छलि अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको ठूलो परिमाणको अवैद्य सामान प्रक्राउ गरेको छ ।
प्रहरीले ९० हजार मुल्य बराबरको १५ बोरा सुर्ती, १ सय केजी चिनी, ३५ बोरा रासायनिक मल, घरेलुु मदिरा ३० हजार बराबरको सामान बिहीबार पक्राउ गरेको हो ।
साउन महिनाको पहिलो सातामा ठूलो परिमाणको अवैद्य सामान बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरेको सामान करिब २ लाख ५० हजार मुल्य बरावरको रहेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख सन्जिवबाबू खड्काले जानकारी दिए ।
रङ्गेली प्रहरीले आर्थिक २०७३/०७४ मा भारतबाट अवैद्य रुपमा नेपालतर्फ ल्याउँदै गरेको २४ लाख २८ हजार १ सय रुपैयाँ मुल्य बरावरको अवैद्य सामन बरामद गरि विराटनगर भन्सार कार्यालयलाई बुझाएको खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर