विराटनगर, १२ साउन / समाजमा घटेको विकृतिलाई न्यूनिकरण गर्ने उद्देश्ले महेन्द्र मोरङ क्याम्पसमा अध्ययरत विद्यार्थीहरुले ‘स्पिक अप’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बी.बी.ए. छैठौ सेमेस्टरमा अध्ययरत विद्यार्थीहरुले आउँदो शनिबार विराटनगरको नमस्कार होटलमा प्रतियोगिता आयोजना गर्ने आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
समाजमा घटने बिकृति लैंगिक हिंसा, बालश्रम, भ्रुण हत्या, जातीय तथा रंगीय भेदभावलगायतको सामाजिक समस्या न्यूनिकरण गर्न यस ‘स्पिक अप’ नाम दिएको कार्यक्रमले केही हदसम्म न्यूनिकरण गर्न मध्धत पुग्ने कार्यक्रम संयोजक उदगम मिश्रले बताए । उनका अनुसार विराटनगरको ६ वटा कलेजको सहभागिता रहेनेछ । जसमा महेन्द्र मोरङ क्याम्पस, म्यानेजमेन्ट क्याम्पस, जेनिथ इन्टरनेसन कलेज, मेरिल्याण्ड कलेज र नेपाल बिजनेस कलेजका विद्यार्थीहरुले प्रतियोगितामा सहभागि जनाउनेछन् ।
विद्यार्थीहरुले समाजटमा घटेको बिकृतीलाई नाटकको माध्यमबाट समस्याको सावधान गर्ने र समस्या पहिचान गर्ने काम उनीहरुको प्रस्तुतीमा हुने कार्यक्रम संयोजक मिश्रले बताए । प्रतियोगितामा नाटक, नृत्यलगयातको विभिन्न प्रस्तुती रहनेछ । प्रतियोगिताको बिजेताले आकर्षण ट्रपीको साथै प्रमाणपत्र प्राप्त गर्नेछन् ।