animated ellipse animated ellipse

मेचीमा मीना उप्रेतीको उम्मेदवारीले नयाँं तरंग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ असार २०७४, शुक्रबार १७:१८
3
Shares
काकरभिट्टा, २ असार / नेपालमा सुर्य उदायको जिल्ला झापाको पूवी सिमानामा रहेको मेचीनगर नगर पालिकाको उपमेयरमा नेकपा एमालेका तर्फबाट मिना पोखरेल उप्रेती उमेदवार हुनु हुने भएको छ । निक्कै लामो रस्सा कस्सी पछि उप्रेतलिाई पार्टीले उम्मेदवारी दिने निर्णय गरेको हो ।
२०२५ सालमा जन्मेकी उनी सानै उमेर देखि राजनीतिमा निरन्तर सक्रिय छिन । पंचायती ब्यवस्थाको कठोर राजनीतिक प्रतिवन्धका समयमा पनि उनीसँग अनेरास्ववियूका बिभिन्न पदमा रहेर काम गरेको अनुभव छ । मोरङको अमरदहमा जन्मेकी उप्रेती २०४४ सालमा कन्या क्याम्पस विराटनगरको प्रारम्भीक कमीटी अध्यक्ष थिईन भने २०४५ सालमा अनेरास्ववियु मोरङ्ग जिल्ला कमिटीको उपाध्यक्ष र सोही बर्ष प्रजातान्त्रिक राष्ट्रिय युवा संघ बिराटनगर नगर कमिटी सचिव भईन । २०४६–०४७ सालको जनआन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेकी थिईन ।
२०५० सालमा झापा काकडभिट्टा निवासी लक्ष्मीप्रसाद उप्रेतीसँग उनको मञ्च विवाह भएको थियोे । झापा प्रवेशसंगै उन्को राजनीतिक यात्रा झनै तिखारिदै गयो । विवाह गरेकै साल उनी काकडभिट्टा नेकपा एमालेको सदस्य भईन भने १० बर्ष सम्म निरन्तर रुपमा उनी अखिल नेपाल महिला संघ नगर अध्यक्ष रहीन । २ कार्यकाल अनेमसंघको झापा जिल्ला उपाध्यक्षका रुपमा क्रियाशिल हुदै नेकपा एमाले जिल्ला कमिटीको १ कार्यकाल सदस्य र हाल जिल्ला कमिटी सचिवालय सदस्य रहेकी छिन् । यस क्रममा उनी पटक पटक प्रहरीको गिरफ्तारिमा समेत परेकी थिईन ।
उप्रेती राजनितीमा मात्र होईन बिभिन्न सामाजिक संघ÷संगठनहरुमा समेत उत्तिकै सक्रिय छिन । उनी काकडभिट्टा सामुदायिक भवन, मेची सामुदायिक भवन, देवकोटा चिल्ड्रेन पार्क, भानु साहित्य प्रतिष्ठान, विराट क्षेत्र पर्यटन प्रवर्धन बिकास समिति आदि संघ संगठनमा आबद्ध छिन् । पूर्वी नेपाल बिशेषतः मेची अंचलको पर्यटन प्रवर्धन र बिकासका निम्ती उन्को बिशिष्ठ योगदान रहदै आएको छ ।
सहकारीको क्षेत्रमा पनि उप्रेतीको बिशेष योगदान र संलग्नता रहेको छ । उनी नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाको संस्थापक संचालक हुन । झापामा उन्लाई एउटा बैद्धिक महिला ब्याक्तित्वका रुपमा समेत चिनिन्छ । झापाको चारआलि स्थित त्रिदेव बहुमुखी क्याम्पसमा प्राध्यापनमा संलग्न उप्रेतीको बिभिन्न पत्रपत्रिकामा नियमित लेख रचनाहरु प्रकाशित हुने गरेका छन् ।
अत्यन्तै जुझारु, कर्मठ तथा संघर्षशिल उप्रेतीको उम्मेदवारीले अहिले मेचीनगरमा तरंग पैदा गरेको छ । राजनीतिक तथा सािमाजिक क्षेत्रमा उन्ले पू¥याएकोे योगदानको यहांका मतदाताले अवश्य मूल्यांकन गर्नेछन्, स्थानीय रश्मी भट्टराई बताउछिन । मीना उप्रेतीको उम्मेदवारी हामी सबै महिलाका लागि गर्वको कुरा हो, बिगतमा नेपाली कांग्रेसलाई मत हालेकी स्थानिय साबित्रा लुईटेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर