खबर पूर्वाञ्चल
१ असार २०७४, बिहीबार १५:५८
उर्लाबारी १ असार । स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा उम्मेदवारी घोषणाको क्रम पनि बड्दो छ । यसैबीच नेकपा माओवादी क्रान्तिकारी (वैद्य समूह) ले उर्लाबारी नगरपालिकाको मेयरमा नरसिंह धिमाललाई उम्मेद्वार घोषणा गरेको छ ।
आज पत्रकार सम्मलेनको आयोजना गर्दै पार्टीले धिमाललाई उम्मेद्वार बनाउने घोषणा गरेको हो । मनोनयन दर्ताको अन्तिम समयमा पार्टीले अन्य २ वटा वडा अध्यक्षका उम्मेदवारहरु पनि घोषणा गरेको छ । जस अनुसार १ नम्बर वडामा दिलबहादुर राना मगर र २ नम्बर वडामा पुण्यप्रसाद भट्टराई रहेका छन् । जिते जनताको सेवा गर्ने, हारे क्रान्तिको कमाण्ड सम्हाल्ने उदेश्य सहित आफूहरु निर्वाचनमा होमिएको उर्लाबारी नगर ईन्चार्ज एमं राज्य समिति सदस्य उमेश सिटौलाले बताएका छन् ।
समानुपातिक हिसाबले पूर्वाधार विकास गर्ने, नदि नियन्त्रण गर्ने, सुकुम्बासी समस्याको हल गर्ने लगायतका एजेन्डा पार्टीको रहेको पनि सिटौलाले जानकारी गराएका छन् । सो अबसरमा मेयरका उम्मेदवार धिमालले यूवाहरुको रोजगारको व्यवस्थापन, विभिन्न किसिमका अभियान लगायतका कार्यक्रमहरु गर्ने उद्घोष गरेका छन् । उनले हिरोको खेल अन्तिममा हुने भन्दै अन्य पार्टीहरु भन्दा आफ्नो पार्टी फरक रहेको र वर्गीय चिन्तनका आधारमा अघि बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?