AArya
RUMPUM
animated ellipse animated ellipse

पर्यवेक्षण पारदर्शी होस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ असार २०७४, बिहीबार १५:३५
3
Shares
विराटगनर, १ असार / आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पर्यवेक्षण स्वच्छ ढंगले गर्नेुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
विराटनगरमा आज राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले आयोजना गरेको निर्वाचन र मानवअधिकार विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
उनीहरुले विगतमा पर्यबेक्षक बन्ने र कुनै दललाई सघाउ पुग्ने काम गरेको देखिएको भन्दै यस पटक यसलाई निरुत्साहितगर्नुपर्ने बताए । उनीहरुले पर्यवेक्षकको सुरक्षा, आपतकालिन उद्धार समिति, घुम्ती टोलीलगायतकाविषयमा सहकार्य गरेर काम गर्नु पर्ने बताएका छन् ।
पर्यबेक्षण गर्ने भनेर कतै भिड जम्मागर्ने कुनै ठाउँमा कुनै पनि टोली नपुग्ने भएको भन्दै सहकार्य गरेर जिल्लाभरी नै पर्यवेक्षण गर्नुपर्ने पनि सहभागिहरुले जोड दिएका छन् । पर्यवेक्षकको पनि मताधिकार भएको सन्दर्भमा मत हाल्न जादा पर्यवेक्षण लेखिएको गाडी चढेर, ज्याकेट र टोपीलगाएर जान नमिल्ने भएकोले आफुले मत हानेको स्थानभन्दा अरु स्थानको पर्यबेक्षण गर्न सुझाव दिइएको छ ।
मोरङको मतदान स्थलअति संवेदनशिल, संवेदनशिल र सामान्य गरी छुट्याइएकोले अति संवेदनशिल क्षेत्रमा बढी ध्यानदिनुपर्ने भन्दै उनिहरुले पर्यवेक्षले अबस्था संवेदनशिल भएका स्थानमा जादा आफ्नो सुरक्षामा पनि ध्यान दिन आग्रह गरेका छन् ।
सो अबसरमा राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, नियोग, गैसस, वपरडेक, नेपाल वारलगायतले पर्यबेक्षण गर्ने जानकारी दिएका छन् । नियोग मोरङका अध्यक्ष त्रिलोक न्यौपानलेले मतदान स्थलमा होस वा गुम्ती पर्यवेक्षकले आफ्नो सुरक्षा र स्वच्छ पर्यबेक्षणमा ध्यानदिनुपर्नेमा जोड दिए ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक झंकर रावलले आयोगको केन्दीय टोली आएर सबै जिल्लामा पर्यबेक्षण गर्ने कार्यक्रम रहेको बताए । सो अबसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साल र जिल्ला अध्यक्ष बन्धु पोखरेलले पत्रकारहरुले सबै निर्वाचनको सन्दर्भमा समाचार सम्प्रेषण गरी रहेको भन्दै पत्रकारको सुरक्षा र सुचना आदानप्रदानमा सहकार्य गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर