सुनबर्सीमा बन्दको प्रभाव

खबर पूर्वाञ्चल, ३० जेष्ठ २०७४, मंगलवार २२:१०

गोपाल काफले
पथरी, ३० जेठ /मोरङको सुनबर्सी नगरपालिकामा पनि राजपाको बन्दको प्रभाव परेको छ ।
राजपाले सुनबर्सी नगरपालिका वडा नं . ८ को डाईनिया बजारमा गरेको बन्दले जनताहरु हिडेरै गन्तब्यमा पुग्न बाध्य छन । राष्ट्रिय जनता पाटी नेपालले स्थानिय निकायको चुनावको बिरोध गर्दै कालो झण्डा प्रदशन गरेको छ ।

बन्दमा कार्यकर्ताले डायनिया बजार परिक्रमा गरि कोण सभामा बजारमै सम्पन्न गरेका थियो । यता अन्य पाटी काङग्रेस, एमाले, माओबादी, फोरम र राप्रपा भने चुनाव प्रचार प्रचारमा तिब्र गतिमा लागेका छन् । राजपाको बन्दको बजार बासिले पनि संमर्थन गरेका छन् बिहान देखिनै बजार तथा यालायात ठप्प छ ।

कुनै किसिमका अप्रिय घटना भने नघटेको राजपाका केन्द्रीय प्रबक्ता अमेहन्द्रकुमार साहले बताए । हाम्रो माग सुनुवाई नभए हामी कुनै हालतमा चुनाव गर्न दिदैनौ आन्दोलनमा मरेका कार्यकर्ताहरुलाई शहिद घोषणा हुनु पर्योे हाम्रा पक्रेका कार्यकर्ता र भागेर भारतमा बसेकालाई आउने सहज बातावरण हुनु पर्ने लयायतका माग पुरा नगरे चुनाव संभव हुने साहले बताए । हैन भने मधेस आन्दोलन केका लागी चुनाव गर्न हामीलाई मार्नु पर्छ कि थुनामा हाल्नु पर्छ हैन भने असार २ गते सम्म बन्द हुने केन्द्रको आदेश भएको शाहको भनाई छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५