पार्टी छाडेको छैन – धाडेवा

खबर पूर्वाञ्चल, ३० जेष्ठ २०७४, मंगलवार १८:३९
विराटनगर, ३० जेठ/ राष्ट्रिय जनता पार्टीका सह–महामन्त्री दिलिप धाडेवाले पार्टी परित्याग नगरेको दाबी गरेका छन् ।

धाडेवाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी पत्रपत्रिकामा आफुले पार्टी परित्याग गरेको समाचारले आफू मर्माहित भएको भन्दै समाचारमा सत्यता नभएको वताएका छन् । उनले अन्य सन्दर्भमा आफुले आफ्नो फेसबुकको वालमा लेखेको कुरालाई आफुले पार्टी परित्याग गरेको भन्दै समाचार प्रकाशित गरिएको दाबी गरे ।

उनले आफु केही दिन विरामी भएर घरमा वस्दा गलत तवरले समाचार सम्प्रेषण भएकाले सत्यथ्य समाचार प्रकाशन एवं प्रसारण गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५