विराटनगरमा एमालेबाट मेयरको उम्मेद्वार ढकाल

खबर पूर्वाञ्चल, २७ जेष्ठ २०७४, शनिबार २०:१४

विराटनगर, २७ जेठ /नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा पार्टीको जिल्ला अध्यक्ष विनोद ढकाललाई उम्मेद्वार बनाएको छ ।
एमालेको शनिबार बसेको स्थायी समितिको बैठकले ढकाललाई उम्मेद्वार बनाउने निर्णाय गरको हो । एमालेले महानगरको उपमेयरको उम्मेद्वार भने टुंगो लगाएको छैन् ।

उपमेयरको उम्मेद्वार स्थानिय परिस्थीतिको आधरमा तय गर्ने भन्दै प्रदेश संयोजक भिम आचार्यलाई जिम्मेवार दिएको एमालेले जनाएको छ । एमालेले अन्य दलहरुसँग चुनावी तालमेलको पहल गर्न उपमेयरको उम्मेद्वार टुंगो नलगाएको स्रोतले बताएको छ ।

विराटनगरको मेयरको लागि एमालेबाट ढकालसहित पूर्व अध्यक्ष महेश रेग्मी र जिल्ला सदस्य बावुराम कार्कीको नाम सिफारीस भएको थियो । उपमेयरको लागि भने सावित्रा रेग्मी, बिमला घिमिरे, शिल्पा कार्कीलगायतको नाम सिफारिस भएको थियो । एमालेले मेयरको टुंगो लगाएपनि प्रमुख दल नेपाली काँग्रेसले भने अझै उम्मेद्वार टुंगो लगाएको छैन् । काँग्रेसबाट संसद अमृत अर्याल, नेतृ डिला संग्रौला र नगर सभापति भिम पराजुली प्रमुख दाबेदार छन् । उनीहरु मध्य अर्यालयलाई काँग्रेस सभापति शेरबहादुर देउवाले उम्मेद्वार बनाउन चाहे पनि नेता रामचन्द्र पौडेल पक्षले पराजुलीलाई उम्मेद्वार बनाउनुपर्ने बताउँदै आएको छ ।

काँग्रेस जिल्ला सभापति डिकबहादुर लिम्बू भने संग्रौलालाई उम्मेद्वार बनाउने पक्षमा छन् । अर्याल र एमाले अध्यक्ष ढकालबीच आपसमा चुनाव नलड्ने सझदारी भएको कारण दुबै पार्टीको चयनमा ढिलाई भएको विराटनगरमा चर्चा हुने गरेको छ । यद्यपी एमालेले ढकाललाई उम्मेद्वार बनाइसकेकोेले काँग्रेसको उम्मेद्वार को हुन्छ भन्ने चासो झनै बढेको छ ।
एमालेले शनिबारनै इटहरी र धरान उपमहानगरपालिको उम्मेद्वार टुंगो लगाएको छ । इटहरीको मेयरमा पार्टीको सुनसरी अध्यक्ष द्वारीकालाल चौधरीलाई मेयर र नेतृ लक्ष्मी गौतमललाई उपमेयरको उम्मेद्वार बनाएको छ । उक्ता धरानको मेयरमा तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारी उम्मेद्वार बनेका छन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.