‘स्कूल गट ट्यालेन्ट’ को पहिलो अडिसन जेठ २६ गते रङ्गेलीमा

खबर पूर्वाञ्चल, २२ जेष्ठ २०७४, सोमबार ०७:४०

विराटनगर, २२ जेठ/ मोरङ जिल्लाभरिका विद्यालयमा अध्ययरत विद्यार्थीहरुमा लुकेर बसेका विभिन्न विधाका प्रतिभाहरुलाई खोजी गर्ने उद्देश्यले ‘स्कूल गट ट्यालेन्ट’ हुने भएको छ । सप्तक संगीत कला मन्दिर विराटनगरको आयोजनामा आउँदो जेठको २६ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा विद्यार्थीहरुले अभिनय, नृत्य, गीत, चित्रकला आदी प्रस्तुत गर्न पाउने अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा मोरङका विद्यालयमा अध्यनरत कक्षा तीन देखि दशसम्मका विद्यार्थीहरुले भाग लिन पाउनेछन् । प्रतियोगिताको पहिलो अडिसन जेठ २६ गते रङ्गेली, २७ गते उर्लाबारी÷पथरी, २८ गते लेटाङ्ग, असार २ गते विराटचोक र असार ३ र ४ गते विराटनगरमा हुने संगीत कला मन्दिरको सचिब ज्योती सुब्बाले बताए ।

प्रतियोगितामा तीन वटा चरणबाट छनौट भएका प्रतियोगि फाइनलमा पुग्नेछन् । फाइनलमा पुगेका प्रतियोगिहरुलाई विभिन्न विद्याका विज्ञ प्रशिक्षकद्धारा प्रशिक्षण दिने बताइएको छ । आयोजकले विधागत रुपमा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँको साथै आकर्षण ट्रफी प्राप्त गर्नेछन् । जस्तै, चित्रकला, नाटक, गीत, नृत्यमा प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिले छुटा छुटै रुपमा पुरस्कार प्राप्त गर्ने आयोजकको भनाई छ ।
प्रतियोगिताको सेमिफाइनल तथा फाइनलमा पुगेका प्रतियोगिहरुलाई विभिन्न एवार्डले समेत वितरण गर्ने भएको छ । जसमा बेस्ट फ्रेन्डसिप, मोस्ट डिसिपिलेन, बेस्ट कस्टम, बेस्ट टाइमिङ्ग लगयातको एवार्डहरु रहेको छ ।
विराटनगरमा रहेका युवा कलाकर्मीहरु आवद्ध भएको यस संगीत कला मन्दिर स्थापना भएको पहिलो पटक यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । मन्दिरका अध्यक्ष श्रेष्ठ भनछन्, ‘बालप्रतिभाको खोजी गरि राष्ट्रिय स्तरको कलाकार उत्पान गर्न यस प्रतियोगिताले ठूलो भुमिका निर्भाह गर्दछ ।’

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५