खबर पूर्वाञ्चल
१९ जेष्ठ २०७४, शुक्रबार १८:४५
प्रहरीले बरामद गरेको मोटरसाइकलको पार्टपुर्जाहरु ।
विराटनगर, १९ जेठ / मोटसाइकल चोरीको आरोपमा विराटनगरको रानीबाट शुक्रबार बावु छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १६ का ४० वर्षिय मुस्तकीम मियाँ र २१ वर्षिय सदरुल मियाँ रहेका छन् । उनीहरुलाई घरबाटै मोटसाइकलको पाटपूर्जासहित पक्राउ गरिएको हो ।
पक्राउ परेका मुस्तकीम बावु हुन भने सदरुल छोरा हुन् । प्रहरीले मियाँको घरमा छापा मारी चार वटा मोटसाइलको पार्टपूर्जासमेत बरामद गरेको छ । छोरा सदरुलले चोरीको मोटसाइकलको माटपूर्जा झिकेर ग्यारेजमा विक्री गर्ने गरेको प्रहरीले बताएको छ । पक्राउ परेका बावु छोरा इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।
चोरी भएका मोटरसाइकल भेटिएपनि कुन पार्ट कता कुन पार्ट कता भेटिन्छ टुंगो हुँदैन ।
शुक्रबार पूर्व क्षेत्रीय प्रहरीकार्यालय रानी र सिमा सुरक्षामा बसेको प्रहरीको संयुक्त टोलीले २ जना मोटरसाइकल चोरीमा संलग्न सहित ४ वटा मोटरसाइकलका पार्ट पूर्जा बरामद ग¥यो । तर, ति सबै कुन मोटरसाइकलको कुन पार्ट हो भन्ने छुट्याउन गाह्रो छ ।
‘मोटरसाइकल चोरी भए लगत्तै चोरहरुले ग्यारेजमा पु¥याउने र पार्ट पूर्जा खोलेर, डेन्टिङ पेन्टिङ चेन्ज गरेर विक्री गर्ने गरेको पाइएको छ,’ अनुसन्धानमा खटिएका एक विशेष प्रहरीले बताए, ‘पार्ट खोलेर जोड्ने बेलैमा हामीले पक्राउ ग¥यौं, केही समय ढिला भएको भए यो पनि विक्री भइसक्थ्यो ।’
प्रहरीले दिएको जानकारी अनुसार मोटरसाइकल चोरको पनि आ–आफ्नै गिरोह छन् । कुनै चोरले सडकमा पार्किङ गरिएका मोटरसाइकल चोर्छन् भने कुनै चोरले घर कम्पाउन्डमा राखेका मोटरसाइकल चोर्ने गर्छन् । तर दुवैले दुवै ठाउँबाट चोरी गर्दैनन् । सिमा नजिकै भएको कारण विराटनगरमा मोटरसाइकल चोर्ने र भारत पु¥याएर पार्टपूर्जा चेन्ज गरेर सस्तोमा विक्री गर्ने धन्दानै चलेको छ । प्रहरीले उक्त गिरोहलाई निगरानी गरेको भएपनि सिमाका कारण पारि गएर पक्राउ गर्न सक्ने अवस्था नरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया