खबर पूर्वाञ्चल
१८ जेष्ठ २०७४, बिहीबार १२:१८
मेयर तथा प्रमुखका उम्मेदवारहरु
विराटनगर, १८ जेठ/ नेकपा माओवादी केन्द्रले मोरङका १७ स्थानीय तहमध्ये १६ तहमा वडासम्मको उम्मेदवार टुंगो लगाएको छ ।
जिल्लामा रहेका १ उपमहानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकामध्ये बुढिगंगा गाउँपालिका बाहेक सबै तहको प्रमुख तथा उपप्रमुखसहित वडासम्मको उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्रल जनाएको छ । बुढीगंगा गाउँपालिकाको उम्मेदवार पनि १/२ दिनमै टुंगो लाग्ने बताइएको छ ।
नेकपा एमालेले जिल्लाका ११ स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ भने नेपाली काँग्रेस २ तहको मात्र उम्मेदवार टुंगो लगाएको छ । काँग्रेस–एमालेभित्र चर्को गुटबन्दी र आकांक्षी धेरै भएको कारण उम्मेदवार टुंगो लगाउन सकस परिरहेकोमा माओवादी केन्द्रले सर्वसम्मत रुपमा स्थानीय तहबाट आएको सिफारिसको आधारमा उम्मेदवार चयन गरेको माओवादी केन्द्रका मोरङ संयोजक गोपी अछामीले जानकारी दिए ।
उम्मेदवार चयनसँगै माओवादी केन्द्रका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेका छन् । पहिलो संविधानसभा निर्वाचनमा जिल्लाका ४ निर्वाचन क्षेत्रमा विजयी भएको माओवादी दोस्रो संविधानसभामा भने जिल्लाको १ निर्वाचन क्षेत्रमा मात्र विजयी भएको थियो । अहिले पहिलो संविधानसभाको परिणाम फर्काउने योजनासहित चुनाबी अभियानमा रहेको माओवादीको दावी छ ।
माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिको मेयरमा भोगेन्द्र यादव र उप मेयरमा नमिता न्यौपाने(पोखरेल) को उम्मेदवारी करिब २ महिना अगाडि नै टुंगो लगाएको थियो । माओवादी केन्द्रका नगर इञ्चार्ज र संयोजक रहेका उनीहरु वडासम्मका उम्मेदवार टुंगो लगाएर अहिले मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
माओवादी केन्द्रले नगरपालिकातर्फ उर्लाबारीमा राजेन्द्र पौडेल र धनमायाँ धिमा, पथरी शनिश्चरेमा जहरमान लिम्बू र राधिका गौतम, बेलबारीमा तिलक राई र शुशिला भट्टराई तथा सुन्दरहरैचामा लक्ष्मी न्यौपाने र नबराज चापागाँईलाई क्रमशः मेयर तथा उपमेयरको उम्मेदवार बनाएको छ । यस्तै लेटाङ नगरपालिकामा गोपाल नेपाली र शान्ता राई, रतुवामाई नगरपालिकामा प्रकाश पौडेल र लिलामायाँ तामाङ, रंगेलीमा दिलिप बगडिया र केशबकुमार खराललाई मेयर तथा उपमेयरको उम्मेदवार बनाएको छ भने सुनवर्षी नगरपालिकामा मेयर श्याम राजवंशी र उपमेयरको टुंगो लाग्न बाँकी छ ।
गाउँपालिकातर्फ मिक्लाजुङको प्रमुखमा प्रेम मिभक लिम्बू उम्मेदवार बनेका छन् भने उपप्रमुख जमुना दाहालको टुंगो लागेको छ । यस्तै केराबारीमा हस्तबहादु गुरुङ र मनमायाँ सुवेदी, कानेपोखरीमा सुर्य धिमाल र तारा ओझा राजवंशी, ग्रामथानमा रमेश भगत थारु र रेणुका चौधरी, कटहरीमा योगेन्द्र यादव र विन्दी मिश्रा प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार बनेका छन् । माओवादीले जहदा, र धनपालथानमा भने उपप्रमुखको उम्मेदवार चयन गर्न बाँकी छ । ति गाउँपालिकामा क्रमशः राजकुमार यादव, बिक्रम पासवान प्रमुख पदका उम्मेदवार बनेका छन् ।
विराटनगरका उम्मेदवारहरु
मेयरः भोगेन्द्र यादव
उपमेयरः नमिता न्यौपाने
वडाध्यक्षः १ इश्वर खतिवडा
वडाध्यक्षः २ विजयकुमार साही पुर्कुटी
वडाध्यक्षः,३ सुशीलादेवी भट्टराई घिमिरे
वडाध्यक्षः ४ गोकुल पराजुली
वडाध्यक्षः ५ अम्बिका पराजुली
वडाध्यक्षः ६ विजय कामत
वडाध्यक्षः ७ शिवकुमार कार्की
वडाध्यक्षः ८ सरस्वती ओझा
वडाध्यक्षः ९ टीका गुरुङ
वडाध्यक्षः १० सुकुमार मण्डल
वडाध्यक्षः ११ विनोद साह
वडाध्यक्षः १२ विष्णुकुमार कामत
वडाध्यक्षः १३ रामचन्द्र महतो
वडाध्यक्षः १६ गोपाल यादव
वडाध्यक्षः १७ मो.मुन्ना मिया जावेद
वडाध्यक्षः १८ भवनेश्वर यादव
वडाध्यक्षः १९ काशी ऋषिदेव
सुन्दरहरंैचा नगरपालिका
मेयरः लक्ष्मी न्यौपाने(रिजाल)
उपमेयरः नवराज चापागाई
वडाध्यक्षः १ प्रकाश घिमिरे
वडाध्यक्षः २ हर्कमान पाइम
वडाध्यक्षः ३ शंकर दाहाल
वडाध्यक्षः ४ सुरेश लाभ
वडाध्यक्षः ५ शंकर भट्टराई
वडाध्यक्षः ६ कमल अधिकारी
वडाध्यक्षः ७ गोकुल न्यौपाने
वडाध्यक्षः ८ मनोज श्रेष्ठ
वडाध्यक्षः ९ मिलाबहादुर कार्की
वडाध्यक्षः १० कुमार मिजार
वडाध्यक्षः ११ सिमा चौधरी
वडाध्यक्षः १२ गोपाल कार्की
बेलबारी नगरपालिका
मेयरः तिलकप्रसाद राई
उपमेयरः शुशिला भट्टराई
वडाध्यक्षः १ शर्मिला मगर
वडाध्यक्षः २ रन्जित गुरुङ्ग
वडाध्यक्षः ३ प्रकाश मादेन
वडाध्यक्षः ४ रामकुमार राई
वडाध्यक्षः ५ ध्यानबहादुर वन
वडाध्यक्षः ६ केवल राई
वडाध्यक्षः ७ उर्मिला राई
वडाध्यक्षः ८ प्रभाकर राजवंशी
वडाध्यक्षः ९ नगेन्द्र अधिकारी
वडाध्यक्षः १० धुव्र महत
वडाध्यक्षः ११ वीरेन्द्र खत्री
पथरी शनिश्चरे नगरपालिका
मेयरः जहरमान लिम्बू
उपमेयरः राधिमा गौतम
वडाध्यक्षः १ कमल लिम्बू
वडाध्यक्षः २ देवी ढकाल
वडाध्यक्षः ३ नरबहादुर राई
वडाध्यक्षः ४ गोविन्द भण्डारी
वडाध्यक्षः ५ भक्तबहादुर धिमाल
वडाध्यक्षः ६ बाँकी
वडाध्यक्षः ७ लोकबहादुर सावदेन
वडाध्यक्षः ८ प्रविन सुब्बा
वडाध्यक्षः ९ सुमन वनेम
वडाध्यक्षः १० प्रेम ढकाल
उर्लाबारी नगरपालिका
मेयरः राजेन्द्र पौडल
उपमेयरः धनमाया धिमाल
वडाध्यक्षः १ चेतराज श्रेष्ठ
वडाध्यक्षः २ पदम राई
वडाध्यक्षः ३ इन्द्र माखिम
वडाध्यक्षः ४ मिलन दाहाल
वडाध्यक्षः ५ लोकनाथ पौडेल
वडाध्यक्षः ६ श्याम बस्नेत
वडाध्यक्षः ७ राजन दाहाल
वडाध्यक्षः ८ रामप्रसाद धिमाल
वडाध्यक्षः ९ अमर सेलिङ्ग
लेटाङ नगरपालिका
मेयरः गोपाल नेपाली
उपमेयरः शान्ता राई
वडाध्यक्षः १ बाँकी
वडाध्यक्षः २ बाँकी
वडाध्यक्षः ३ कल्पना राई
वडाध्यक्षः ४ गणेश सुन्दास
वडाध्यक्षः ५ लोकबहादुर सुबेदी
वडाध्यक्षः ६ धनजीत तामाङ्ग
वडाध्यक्षः ७ खगेन्द्र माखिम लिम्बू
वडाध्यक्षः ८ हस्त राई
वडाध्यक्षः ९ भवानी लिम्बू
सुनवर्सी नगरपालिका
मेयरः श्याम राजवंशी
उपमेयरः बाँकी
वडाध्यक्षः १ विरेन्द्र राई
वडाध्यक्षः २ कुमार कार्की
वडाध्यक्षः ३ अमरबहादुर राजवंशी
वडाध्यक्षः ४ सुवर्ण राजवंशी
वडाध्यक्षः ५ जुगेश्वर ठाकुर
वडाध्यक्षः ६ सुन्दरकुमार तामाङ्ग
वडाध्यक्षः ७राजेन्द्र ऋषिदेव
रतुवामाई नगरपालिका
मेयरः प्रकाश पौडेल
उपमेयरः लिलामायाँ तामाङ
वडाध्यक्षः १ धिरणकुमार यादव
वडाध्यक्षः २ महमद आलम
वडाध्यक्षः ३ प्रकाशकुमार साह
वडाध्यक्षः ४ शिवनारयण मुर्मु
वडाध्यक्षः ५ मोहमद दलाल
वडाध्यक्षः ६ ओमनाथ गौतम
वडाध्यक्षः ७ नरबहादुर बस्नेत
वडाध्यक्षः ८ कालीबहादुर आचार्य
वडाध्यक्षः ९ टिकबहादुर कार्की
वडाध्यक्षः १० देविप्रसाद न्यौपाने
कानेपोखरी गाउँपालिका
प्रमुखः सुर्यबहादुर धिमाल
उपप्रमुखः तारा ओझा राजवंशी
वडाध्यक्षः १ थीरबहादुर कँुवर
वडाध्यक्षः २ भोजवीर माझी
वडाध्यक्षः ३ अम्बिकाप्रसाद दाहाल
वडाध्यक्षः ४ टेकबहादुर तामाङ्ग
वडाध्यक्षः ५ बद्री पोखरेल
वडाध्यक्षः ६ अम्बिका अर्याल
वडाध्यक्षः ७ नबिन राई
केराबारी गाउँपालिका
प्रमुखः हस्तबहादुर लिम्बू
उपप्रमुखः मनमाया सुवेदी
वडाध्यक्षः १ बुद्धवीर लिम्बू
वडाध्यक्षः २ खड्क ठकुरी
वडाध्यक्षः ३ महेन्द्र मगर
वडाध्यक्षः ४ बाँकी
वडाध्यक्षः ५ तेजबहादुर लिम्बू
वडाध्यक्षः ६ उपेन्द्र लुङ्गगेली मगर
वडाध्यक्षः ७ किशोर राई
वडाध्यक्षः ८ कुमार खड्का
वडाध्यक्षः ९ भक्तशेर लिम्बू
वडाध्यक्षः १० किशन साही
कटहरी गाउँपालिका
प्रमुखः योगेन्द्र यादव
उपप्रमुखः बिन्दी मिश्रा
वडाध्यक्षः १ मोहमद अब्जल मिया
वडाध्यक्षः २ किशोरकुमार पाण्डे
वडाध्यक्षः ३ कविलदेव यादव
वडाध्यक्षः ४ प्रदिपनारयण साह
वडाध्यक्षः ५ घनश्याम सिंह
वडाध्यक्षः ६ मङ्ला शरदार (भक्लु)
वडाध्यक्षः ७ बिनोद चौधरी
ग्रामथान गाउँपालिका
प्रमुखः रमेश भगत थारु
उपप्रमुखः रेणुका चौधरी
वडाध्यक्षः १ लजनारायण माझी
वडाध्यक्षः २ पूर्णकलाल उराउ
वडाध्यक्षः ३ रबिन्द्र गच्छदार
वडाध्यक्षः ४ तिलकराम बहिदार
वडाध्यक्षः ५ घिघुलाल माझी थारु
वडाध्यक्षः ६ निरबहादुर निरौला
वडाध्यक्षः ७ भरतलाल माझी
जहदा गाउँपालिका
प्रमुखः राजकुमार यादव
उपप्रमुखः बाँकी
वडाध्यक्षः १ बाँकी
वडाध्यक्षः २ धिरेन साह
वडाध्यक्षः ३ सेवक राजवंशी
वडाध्यक्षः ४ राजकुमार मण्डल
वडाध्यक्षः ५ बाँकी
वडाध्यक्षः ६ शिवनारायण मण्डल
वडाध्यक्षः ७ गुलाब मण्डल
धनपालथान गाउँपालिका
प्रमुखः बिक्रम पासवान
उपप्रमुखः बाँकी
वडाध्यक्षः १ बाँकी
वडाध्यक्षः २ यदुनन्द साह
वडाध्यक्षः ३ मनोज मण्डल
वडाध्यक्षः ४ महेन्द्र मण्डल
वडाध्यक्षः ५ गयानन्द सरदार
वडाध्यक्षः ६ जुगतलाल राय
वडाध्यक्षः ७ नन्दलाल शर्मा
मिक्लाजुङ गाउँपालिका
प्रमुखः प्रेम मिभक लिम्बू
उपप्रमुख ः जमुना दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?