खबर पूर्वाञ्चल
१७ जेष्ठ २०७४, बुधबार १५:५२
बिनु तिम्सिना
विराटनगर, १७ जेठ / स्थानीय तहको दोश्रो चरणको निर्वाचन पटकपटक सरेपनि विराटनगरमा चुनाव प्रचारमा जुटेका दलहरुको उत्साहमा कुनै कमि आएको छैन ।
विभिन्न बाहानामा सरकारले निर्वाचनको मिति तीन पटक सारेको छ । पटक पटक निर्वाचन मिति सार्दा निर्वाचन नै नहुने होकि भन्ने आशंका सर्वसाधारणमा उत्पन्न हुने गरेको छ । तर पनि विभिन्न दलका कार्यकर्ताको उत्साहमा भने कुनै कमि देखिएको छैन ।
विराटनगर क्षेत्रमा घरदैलो कार्यक्रमसहित चुनाव प्रचारमा जुटेका दलहरु मतदातालाई आ–आफ्नो पक्षमा रिझाउने कसरतमा छन् । नगरक्षेत्रका विभिन्न चोक र टोलहरुमा दलहरु आपसी सौहार्दपुर्ण वातावरणमा संगसंगै आ–आफ्नो पार्टीको प्रचार–प्रसार गरिरहेका छन् । दलहरुको पहिचान चिन्ह अंकीत रंगीचंगी झण्डा र पार्टी कार्यकर्ताको उत्साहले निर्वाचनको माहौल विस्तारै तातिदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?