निर्वाचन आचारसहिताका तिन बटा उजुरी परे

खबर पूर्वाञ्चल, ११ जेष्ठ २०७४, बिहीबार २२:१०
विराटनगर, ११ जेठ / मोरङमा निर्वाचन आचारसहिताका तिन बटा उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
आज पनि मोरङ बेलवारी नगरपालिका स्थित भगवती क्याम्पस अगाडी नेपाली कांग्रेसको २५ मिटर लामो तुल राखिएको उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए । उनले तुल हटाउनका लागि नेपाली कांग्रेस मोरङका सभापतिलाई फोन मार्फत जानकारी गराइएको भन्दै तुल नहटाए मुद्धा दर्ता गरिने र एक लाख रुपैया सम्म जरिमाना हुन सक्ने बताए । उनले पहिले सचेत हुन आग्रह गर्ने र पछि नसुधारेको र नटेरेको खण्डमा मुद्धा दर्ता गरिने जानकारी दिए ।
त्यसैगरी पथरी शनिश्चरेको एक विद्यालयले इटा भट्टालाई विद्यालयको सम्पती ठेक्कामा दिएको भनीउजुरी परेको र निर्वाचन आयोगलाई जानकारी कालागि पत्र पठाइएको समेत प्रमुख सञ्जेलले बताए । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले विराटनगर गुद्री बजारमा पार्टी अध्यक्ष कमलथापाको फोटो भएको होर्डिङ वोर्ड राखेको भनि उजुरी परेको थियो । प्रमुख सञ्जेलले उजुरी परेपछि राप्रपा मोरङलाई पत्र काटिएपछि हटाएको बताए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.