खबर पूर्वाञ्चल
विराटनगर, ११ जेठ / प्रजातान्त्रिक योद्धा रमाप्रसाद रिजालले ‘रमा प्रसाद मायादेवी रिजाल पत्रकारीता’ पुरस्कार कोषको स्थापना गरिदिएका छन् । रिजालले दुई लाख रुपैयाँको अक्षय कोष बिहीबार स्थपना गरि नेपाल प्रेस यूयिन मोरङलाई अक्षय कोषको चेक हस्तानतरण गरेका छन् ।
हरेक वर्ष प्रेस युनियनको स्थापना दिवसको अवसरमा एक जना पत्रकारलाई पुरस्कृत गर्ने प्रेस युनियन मोरङका सभापति मिनकुमार नवदीतले जानकारी दिए ।
११ हजार १ सय ११ रुपैयाँको पुरस्का लामो समयदेखि पत्रकारीता गर्दै आएका एक जना पत्रकारलाई पुरस्कृत गर्ने बताइएको छ । कोषबाट आएको ब्याजले युनियनको स्थपना दिवस जेठ १३ गते एक समारोहको बिच सम्मान गर्ने सभापति नवदीतको भनाई छ । कार्यक्रममा बोल्दै प्रजातान्त्रिक योद्धा रिजालले पत्रकारीता क्षेत्रबाट समाज रुपमान्तरण गर्न उल्लेखिय भूमिका निर्भाह गरेको हुनाले कोषको स्थपना गरेको बताए । हरेक वर्ष अक्षय कोषको पुरस्कार वृद्धी गर्दै लाने उनको भनाई छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ शाखाका उपाध्यक्ष कुमोद अधिकारी, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलाबल्लभ घिमिरे, अक्षय कोषका संस्थापक सुवाल रिजाललगायले बोलका थिए ।