RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरपालिका बन्यो, टंकीसिनवारी र भातिगछ गाभिने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ जेष्ठ २०७४, सोमबार २२:१८
3
Shares
विराटनगर, ८ जेठ / सरकारले विराटनगर र वीरगञ्जलाई स्तरोन्नती गर्दै महानगरपालिका बनाउँने घोषणा गरिएको छ ।
आज साँझ मन्त्री परिषदको बसेको बैठकले बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीको सबै क्षेत्र साविक ३ वटा वडा र जहदा गाउँपालिका वडा नम्बर ३ साविक भाथिगछ ६ वटा वडा विराटनगर महानगरपालिकामा गाभिने भएको छ ।
विराटनगर महानगरपालिका सँगै वीरगञ्ज पनि महानगरपालिका घोषित भएको छ । विराटनगरलाई महानगर बनाउन नागरिकस्तरबाट समेत माग हुँदै आएको थियो । दुबै उपमहानगरलाई महानगर बनाउन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको कार्यदलले सिफारिस गरेको थियो ।
पहिले काठमाडौं मात्र महानगरपालिका रहेकोमा स्थानीय तह पुनर्संरचनासँगै ललितपुर, पोखरा र भरतपुर पनि महानगर भएका छन्। विराटनगर र वीरगन्ज थपिएपछि महानगरपालिकाको संख्या ६ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर