विराटनगर, ८ जेठ / स्कूल अध्ययरत विद्यार्थीहरुको प्रतिभा उजार गर्ने उद्देश्यले लिटील सुपर स्टार २०१७ विराटनगर हुने भएको छ । दि भिजन फिल्म एण्ड आर्टस एकेडेमी विराटनगरले आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
प्रतियोगिताको पहिलो चरणको अडिसन आउँदो जेठ १२ गते विराटनगरमा हुनेछ । १० देखि १५ वर्षसम्मका प्रतियोगितामा सहभागिता जनाउन पाउँनेछन् । प्रतियोगिताको फाइनल भने असारको पहिलो साता हुने कोडिनेटर दिप श्रेष्ठले जानकारी दिए । प्रतियोगिता मिस प्रिन्सेस र मिस प्रिन्सिस छनौट हुनेछन् । बिजेताले क्रमशकः जनही नगद ३१ हजार रुपैयाँको साथै स्कूलमा अध्ययन गर्न पूर्ण छात्रवृत्ती पाउने कोडिनेटर श्रेष्ठले जानकारी दिए ।
प्रतियोतिको छनौट भइ बन्द प्रशिक्षणमा प्रवेश गरेका प्रतियोगिहरुले नगद १० हजार रुपैयाँ आयोजकमा बुझाउनुपर्ने एकाडेमीको भनाई छ ।