विराटनगर ६ जेठ / कांग्रेसबाट बिराटनगरको भावी मेयरमा विभिन्न नामहरु चर्चामा आएको बेला राजु मास्केले पनि मेयर पदमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।
लामो समय नेपाल विद्यार्थी सँघ र कांग्रेस राजनीतिमा रहेर काम गर्दे आएका मास्केले मेयरका लागि चुनाव लड्ने वताए । सवै जातजातीको सहभागिता रहने गरी राज्यले गरेको व्यवस्था अनुसार आफु चुनाव लड्न लागेका बताका हुन् ।कांग्रेस राजनीतिमा लोकप्रिय मास्केको राजनैतिक यात्रा पनि लामै भइसकेको छ ।
२०४१ सालमा सत्यनारायण स्कूलमा जुनियर रेडक्रस सभापति भएसंगै लिडर बन्ने भूत सवार भएका उनी २०४४ सालमा नेबिसंघ मोरङको सेक्सन कमिटिको सदस्य भइसकेका छन् । त्यस्तै २०४७ सालमा वार्ड सचिव,महेन्द्र मोरङको स्ववियू सदस्य,नेविसंघ क्षेत्र न ७ को सल्लाहकार,पार्टिको क्षेत्रीय सचिव २०५८,२०६१ मा क्षेत्र न ६ को निर्वाचित क्षेत्रीय सभापति ,कांग्रेसको जिल्ला सदस्य २०६३,पुनःजिल्ला सदस्य २०६७,र हालै सम्पन्न निर्वाचन पछि पनि जिल्ला सदस्य रहेका मास्के मिलनसार व्यक्तिमा गनिनु हुन्छ ।
हाल नेपाल बाल सगठन मोरङका सचिव रहेका मास्के विभिन्न सामाजिक संघ संगठनमा वसेर काम गरिसकेका उनी कार्यकर्ता माझ निकै लोकप्रिय रहेका छन् । मास्केलाई जिम्मेवारी दिएर पार्टिले सहयोग गर्ने हो भने उनले आफ्नो जिम्मेवारी बहन गर्न सक्ने कार्यकर्ताहरु बताउछन् ।