AArya
RUMPUM
animated ellipse animated ellipse

थारु भाषाको छल्की चलचित्रको शुभमूहुर्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ जेष्ठ २०७४, शनिबार १७:२०
3
Shares
विराटनगर, ६ जेठ / थारु भाषामा अधरित ‘छल्की’ चलचित्रको शुभ मुहुर्त भएको छ ।
विराटनगरमा आज एक भव्य कार्यक्रमको आयोजना गरि चलचित्रको शुभ मुहुर्त गरिएको हो ।
चलचित्रको शुभ मुहुर्त साहित्यकार खेम नेपाली, मधु पोखरेल, चलचित्रको मुख्य निर्मता कन्नुलाल चौधरी, निर्मता अर्थलाल चौधरीले गरेका थिए ।
चलचित्रको मुहुर्त सट समेत भएको छ । जसमा नायकद्धय जय चौधरी र प्रज्जल माझी तथा नायिका कौशल चौधरीले मुर्हुत सट दिएका थिए ।
केशव रायमाझीले निर्देशन गर्न लागेको छल्कीको छायाँकन चाँडै हुने उनले जानकारी दिए । चलचित्रको प्रस्तुती राजेन्द्र भगतले गरेका छन् ।
चाँदनी फिल्मसको ब्यानरमा निमार्ण हुन लागेको चलचित्रको कार्यकारी निर्मता नरेन्द्र चौधरी, निर्मतामा बद्री माझी, पन्चु नारायण चौधरी (थारु) तथा सह– निर्मताहरुमा ओमनारयण चौधरी, मनोज चौधरी, सुनिता चौधरी, प्रभानन्द चौधरी छन् ।
पूर्वाञ्चलको रमणिय क्षेत्रमा चलचित्रको छायाँकन हुने निर्देशक रायमाझीले बताए । उनका अनुसार यूवा पुस्तालाई लक्षित गरि माया प्रेममा आधरित रोमन्टिक चलचित्र बन्ने प्रस्तुतकर्ता राजेन्द्र भगतले जानकारी दिए । छल्की चलचित्र नेपाली तथा अन्य भाषामा पनि डबिङ्ग हुने निमार्ण युनिटले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर