AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

माकेको वडा नम्बर २ सम्पर्क कार्यालय स्थापना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०७४, मंगलवार १८:३८
3
Shares
विराटनगर, २ जेठ । नेकपा माओबादी केन्द्रले विराटनर क्षेत्रमा चुनावी–प्रचारलाई निरन्तरता दिएको छ ।
माओबादी केन्द्रले चुनावी प्रचारप्रसालाई निरन्तरता दिदैं आज विराटनगरको तीनपैनीमा पार्टीको वडा नम्बर २ सम्पर्क कार्यालय स्थापना गरेको छ । नेकपा माओबादी केन्द्रका विराटनगरबाट मेयरका उम्मेदवार भोगेन्द्र यादवले वडा कार्यालयको उदघाटन गरे । सो अवसरमा आयोजित सभामा बोल्दै यादव सहित नेकपा माओबादी केन्द्रका चुनाव प्रचार प्रसार समितिका नगर संयोजक हेम कार्की सहितका नेताहरुले विभिन्न कालखण्डमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न नेकपा माओवादीको बिजय अपरिहार्य रहेको बताए ।
उनीहरुले माओबादी केन्द्रले मात्र देशलाई जोड्न सक्ने दाबी समेत गरे । विराटनगर उपमहानगरकालागि उम्मेदवार सहित वडा नम्बर २ केन्द्रका उम्मेदबारहरुलाई फुलमालाले सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर