RUMPUM
animated ellipse animated ellipse

विकास निर्माणको अनुगमन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ बैशाख २०७४, आईतवार १९:४०
3
Shares
विराटनगर बैशाख ३१ । विराटनगर क्षेत्रमा जारी विकास निर्माणको सर्वदलीय अनुगमन गरिएको छ । उपमहानगरपालिकाको अगुवाईमा विभिन्न राजनीतिक दल सम्मिलित एक टोलीले विराटनगरमा जारी विकास निर्माणको अवस्था साथै सडक, नाला र ढलको अवस्थाको विषयमा अनुगमन गरेको हो ।
टोलीमा विराटनगर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दीपक कोइरालासहित वातावरण विभाग प्रमुख, प्राविधिक प्रमुखलगायतसमेत सहभागी भएका थिए ।टोलीले निर्माणाधीन ६ लेन सडक छेउछाउका ढल, नालासहित हड्ताली हाट क्षेत्रका सडक र नालाको अनुगमन गरेको थियो । अनुगमनको क्रममा राजमार्गका अधिकांश नालाहरु पुरिएको अवस्थामा फेला परेको थियो ।
नालाहरु पुरिएका कारण समयमै जाम नहटाए यसपल्टको बर्खामा विराटनगर डुबानमा पर्ने लगभग निश्चित प्रायः देखिएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नगर अध्यक्ष पंकज वर्माले जानकारी दिए ।
यता, अनुगमनका विषयमा प्रतिक्रिया दिनुहुँदै विराटनगरका कार्यकारी अधिकृत दीपक कोइरालाले राजमार्गको नाला व्यवस्थापनको जिम्मा सडक विभागको भएको बताए । समयमै त्यसलाई व्यवस्थापन गर्न पहल गरिने उनको भनाइ थियो ।
यस्तै टोलीले ठूलो मिल पछाडि निर्माणाधीन वडा नम्बर ३ को कार्यालय भवन निर्माणको अवस्थासहित विराटनगर बसपार्कको अनुगमन र अवलोकनसमेत गरेको थियो ।
अनुगमन टोलीमा नेपाली कांग्रेसका नगर सभापति भीम पराजुली, नेकपा एमालेका सागर थापा, नेकपा माओवादीका नमिता न्यौपाने र राष्ट्रिय जनता पार्टी नेपालका मोहम्मद नसरुललगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर