AArya
RUMPUM
animated ellipse animated ellipse

राईले पाए नोबेलबाट नयाँ जीवन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ बैशाख २०७४, आईतवार १८:३०
3
Shares
विराटनगर, ३१ वैशाख/  खर्च अभावमा उपचार नपाएर शरिर बाहिर निस्किएको सानो आन्द्रा लिएर हिंडेका मोरङ मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईको नोबेल अस्पतालमा निःशुल्क सफल उपचार भएको छ ।
४० वर्षीय राईले उपचारको लागि आवश्यक रकमको अभाव भएको र उपचार नपाएको समाचार विभिन्न सञ्चार माध्ययमा प्रकाशित भएको थियो । समाचार प्रकाशित भएलगत्तै नोबेल ल्याइएका राईलाई अस्पतालले सम्पूर्ण चार्ज निःशुल्क गर्ने घोषणा गरेको थियो । १ महिना १३ दिन लगाएर गरिएको उपचार सफल भएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।
अल्सर भएर डेढ वर्षअघि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको अपरेसन भएको थियो ।
प्लाष्टिको पोकोमा आफ्नो आन्द्रा बोकेर हिंड्ने राईले उपचार पाएसँगै नयाँ जीवन पाएको बताए । तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षीय राईको उपचारका लागि विपीले अपरेसन गरेपछि ६ महिनामा बोलाएको थियो । तर, खर्च अभावले राईले १५ महिनादेखि शरिर बाहिर आन्द्रा लिएर हिंड्न बाध्य थिए ।
नोबेल अस्पतालका बरिष्ठ जेनेरल सर्जन डाक्टर जे.एन. भगवतीको टोलीले उक्त उपचार गरेको हो । ‘लामो समयसम्म उपचार नहुँदा बिरामीको पेट भित्र प्रोल्याप्स (थुपै्र घाउ) भएको थियो,’ उपचारमा संलग्न जेनेरल सर्जन डाक्टर सुनित अग्रवालले भने, ‘बिग्रेको भागको आन्द्रा काटेर फालियो र पुनः पहिलेकै अवस्थामा ल्याइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर