विराटनगर, ३० बैशाख / लायन्स क्लब अफ विराटनगर मेट्रोको आयोजनामा आज विराटनगरको १ को परोपकार घाटमा वृक्षारोपण गरिएको छ ।
विराटनगर उपमहानगरपालिकाको समन्वयमा भएको वृक्षारोपमणमा ५ सय बिरुवा रोपिएको थियो । जसमा धुपी, असोक,तेजपात,कल्कीलगायतका बिरुवा रोपिएको लायन्स क्लब अफ विराटनगर मेट्रोका अध्यक्ष दशीलाल माझीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले विराटनगरलाई ग्रीन सिटी बनाउने योजना अनुरुप बृक्षारोपण गरिएको बताए । लायन्स क्लब डिस्ट्रिक गर्भनर लिला ढुंगेलले लायन्सले परोपकारका साथै विभिन्न सामाजिक क्रियाकलाप गर्दे आएको जानकारी दिए । कार्यक्रममा लायन्सका पदाधिकारीहरु,विराटनगर उपमहानगरपालिकाका कर्मचारी र स्थानीयहरुले वृक्षारोपण गरेको थिए ।