बेलवारीमा बस दुर्घटना एकको मृत्यु, १२ यात्रु गम्भीर
खबर पूर्वाञ्चल
३० बैशाख २०७४, शनिबार १६:०८
3
Shares
बेलवारी, ३० वैशाख / पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलवारी सडकखण्डमा आज बिहान बस र टिप्पर ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा १२ जना यात्रु गम्भीर घाइते भएका छन् । बेतना–सिमसार सडकखण्डको बेलवारी– ४ मा ना ५ ख ८५०१ नम्बरको बसले बा २ ख ७१८५ नम्बरको टिप्परलाई पछाडिबाट ठक्कर दिएको थियो । तीव्र गतिमा रहेको बसले टिप्परलाई ठक्कर दिएपछि बसमा सवार करिव ५० वर्ष उमेरका जस्ता देखिने पुरुषको मुत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । उनका अनुसार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको नाम बतन खुल्न सकेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका १२ जना यात्रुलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । अन्य सामान्य घाइतेको बेलवारीस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।