AArya
RUMPUM
animated ellipse animated ellipse

टाउकोमा २० किलोको ट्युमर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ बैशाख २०७४, शुक्रबार २१:०५
3
Shares
विराटनगर, २९ वैशाख । २० किलोको ट्युमर भएपछि चारवर्षदेखि पिडामा बाँचेका सुनसरी दुहबी – १ का ५० वर्षिय मोहमद स्ताक मियाँले नयाँ जीवन पाएका छन् ।  विराटनगर – ४ मा रहेको नोबेल मेडिकल हस्पिटलका न्यूरो सर्जरी डा.आइप चेरियनसहितको टोलीले अत्यन्तै जटिल टियुमरको सफल शल्यक्रिया गरेपछि मोहमदले नयाँ जीवन पाएका हुन ।
टाउको पछाडिको भागदेखि कम्मरसम्म झुण्डिएको ट्युमरले मियाँलाई हिडडुल गर्न देखि सुत्न समेत नसक्ने समस्या थियो । २५ वैशाखमा नोबेल हस्पिटलमा भर्ना भएका मियाको न्यूरो सर्जरी डा. चेरियनसहितको टोलीले मंगलबार सफल शल्यक्रिया गरे । मियाँकोे स्वास्थ्य अवस्था अहिले समान्य रहेको डा. चेरियनले बताए ।
ट्युमरको शल्यक्रिया भएको मिया अहिले राम्रो सँग हिडढुल गर्ने देखि राम्रोसँग बोल्न सक्ने भएका छन् । स्वास्थ्यमा सुधार आइरहेको हुनाले १-२ दिनमा डिस्चार्ज हुने डा. चेरियनले जानकारी दिए । उपचारमा ५ देखि दश लाख रुपैयाँ सम्म खर्च हुने ट्युमरको शल्यक्रियामा मिया परिवार आर्थिक विपिन्न सामुदायको भएको हुनाले उनले दिन सक्ने मात्र अस्पतालले लिने डा. चेरियनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर