खबर पूर्वाञ्चल
२८ बैशाख २०७४, बिहीबार २१:५३
विराटनगर, २८ बैशाख । मोरङ व्यापार संघको ३१ औ कार्यकारिणी समितिको अध्यक्षमा सांसद पवनकुमार सारडा चयन भएका छन् । गत २४ गते भएको मतदानबाट निर्वाचित सदस्यहरु मध्येबाट सारडा दोस्रो कार्यकालकालागि अध्यक्षमा चयन भएका हुन ।
समितिको बरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा चुनिएका छन् भने सुशील कुमार जोशी–उपाध्यक्ष (बाणिज्य), सुनिल टिवडेवाला–उपाध्यक्ष (उद्योग)मा चुनिएका छन । संघको महासचिवमा नविन रिजाल र सहिसचिवमा अनिल कुमार साह चुनिएका छन् । त्यस्तै विकास कुमार बेगवानी प्रवत्ता चुनिएका छन ।
गत आइतबार कार्यकारिणी समितिमा निर्वाचित मध्ये अनुपम राठी, अनिल सारडा, दिपेश सुवेदी, पवन राठी, देवाशिष गोल्छा, ललित बोहरा, मुकेश कुमार राठी, पियुष तोदी, मनिष कुमार मारु, राजन श्रेष्ठ, सुनिलकुमार विड्ला र ओमप्रकाश श्रेष्ठ सदस्य चुनिएका छन् । व्यापार संघको पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष सारडाले १८ बुँदे प्रतिवद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?