विराटनगर, २७ वैशाख / विराटनगरमा रगतको अभाव भइरहेका बेला जुनियर जेसिज विराटनगरले आज खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।
विराटनगरको ट्राफिक चोकमा आयोजना गरेको रक्तदानमा ३५ पिन्ट रगत संकलन भएको छ । विराटनगरमा केहि दिन अघि रगतको अभाव भएपछि रगत अभाव पुर्ती गर्न रक्तदान आयोजना गरिएको जुनियर जेसिज विराटनगरका निवर्तमान अध्यक्ष अविनास थापाले बताए ।
जुनियर जेसिज विराटनगरका अध्यक्ष सनराइज चौधरीले विभिन्न सञ्चारमाध्यमबाट विराटनगरमा मात्र नभएर पुर्व क्षेत्रमै रगतको अभाव हुन थालेपछि रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले रगतको अभाव पुर्ती गर्न विभिन्न संघ सस्था सँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको बताए ।