विराटनगर, २७ बैशाख / निरौला सेवा समाज विराटनगरले आज गोठधुप गरेको छ । बैशाखे पूर्णीमाका दिन निरौलाहरुले गोठधुप अर्थात उभौली मनाएका छन् ।
गोठमा खिर पकाएर चढाउने र गोठमा पालिएका सवै पशुहरुको रक्षा गरहै भन्दै पुकारा गरिएको छ । समय परिवर्तन संगै यस्ता परम्परा हराउदै गएका छन् । तर यही परम्परा धान्नलाई बुधवार निरौलाहरुले पुष्पलालचोक छेउमा गोठको धुप गरेका हुन् ।
कार्यक्रममा निरौला सेवासमाज विराटनगरका अध्यक्ष हरिप्रसाद निरौला,पूर्व केन्द्रिय उपाध्यक्ष रामप्रसाद निरौला ,पूर्वअध्यक्ष खगेन्द्र निरौला ,उपाध्यक्ष निलम निरौला ,सचिव तिर्थराज निरौला ,कोषाध्यक्ष नरहरी निरौला सदस्य राम निरौला लगायतले परम्परादेखी चल्दै आएका रितीरिबाजको संरक्षमा लाग्न आबश्यक भएको औलाएका थिए ।