RUMPUM
animated ellipse animated ellipse

रंगेलीमा सुविधा सम्पन्न हस्पिटल सञ्चालन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ बैशाख २०७४, बुधबार १७:०६
3
Shares
रंगेली, २७ वैशाख / मोरङको रंगेली नगरपालिकामा सुविधा सम्पन्न सिद्धार्थ टाईम्स हस्पीटल प्रा.लि सञ्चालनमा आएको छ ।
दक्र्षिणपुर्वी मोरङको सर्वसाधारणहरुको स्वास्थ्यमा सेवा पु¥याउने उद्देश्यले हस्पिटल आजदेखि सञ्चालनमा आएको हो ।
हस्पिटलको उद्घाटन स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङले रिविन काटेर गरे । उद्घाट कार्यक्रममा बोल्दै मन्त्री गुरुङले अहिले सरकारले सर्वसाधारणहरुको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न रोगका सेवाहरु निःशुल्क रुपमा प्रदान गरि रहेको बताए । उनले सरकारले अहिले स्वास्थ्य क्षेत्रको सुधारका लागी मुलुकभर रहेका सरकारी अस्पतालको पुर्वधार विकाश गर्न लागीपरेको बताए ।
दक्र्षिणपुर्वी मोरङका २ दर्जन गाविसका सर्वसाधारण स्वास्थ्य सेवाका लागी सदरमुकाम विराटनगर धाउनु पर्ने बाध्यता रहदै आएको थियो । दश सैयाको अनुमती पाएको अस्पतालले स्थानिय स्तरमा बसोबास गर्ने आदीबासी, जनजाती, दलित तथा पिछडावर्गको आर्थीक र स्वास्थ्य स्थितीलाई मध्यनजर गर्दै अन्य निजी हस्पिटलको तुलनामा सर्वसुलभ तथा स्तरीय सेवा प्रदान गर्ने हस्पिटलका निर्देशक विक्रम मण्डलले बताए ।
चारतले भवनमा आफनो सेवा प्रारम्भ गरेको हस्पीटलले २४ सै घण्टा आकश्मीक सेवा सहित ओ.पी.डी., ल्याव, एक्सरे, भिडीयो एक्सरे, विषेशज्ञ सेवा, माइनर अपरेशन, प्रसुती तथा स्त्री रोग, परिवार नियोजन, डेण्टल, औषधी विक्री, घम्ती शिविर सेवा प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ ।
आमा सुरक्षा कार्यक्रम, ब्लड बैक, सुरक्षीत गर्भपतन, मेजर ओटी, आई.सी.यु., पि.आई.सि.यु., एम.आई.सि.यु, सि.सि.यु, जस्ता सेवाहरु समेत थप प्रदान गर्ने जनाएको छ ।
साथै आस्पतालले रंगेली स्थित विभोर सोसाईटी डेभलपमेन्ट बैकको सहकार्यमा एक खाता खोल्ने ग्राहकहरुलाई ओ.पी.डी. सेवा शुल्कमा १५ प्रतिशत सम्म छुटको समेत व्यवस्था गरेको छ ।
सो अवसरमा मन्त्री गुरुङले जिल्ला आस्पताल रंगेलीको समेत अनुगमन गरी अस्पतालको बारे जानकारी लिए । सो क्रममा मन्त्री गुरुङले अस्पताललाई एम्बुलेन्स तथा गाडीको यथासिघ्र व्यवस्था गरिदिने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर