खबर पूर्वाञ्चल
२६ बैशाख २०७४, मंगलवार २०:३३
विराटनगर, २६ वैशाख । विराटनगरमा रहेको ग्रिनक्रस हस्पिटलले लोमा समय वितिसक्दा पनि ३५ जना कर्मचारीको पारीश्रमिक नदिएपछि श्रम कार्यालय विराटनगर मोरङले हस्पिटलको घरजग्गा रोक्का गर्न मालपोत कार्यालय विराटनगरलाई पत्रचार गरेको छ ।
हस्पिटल व्यवस्थापनबिच ०७३ पौष मसान्त भित्र कर्मचारी पारश्रमीक दिने सम्जौता भएको थियो । तर, सम्जौता गरेको तीन महिना बितिसक्दा पनि हस्पिटल प्रशासनले कर्मचारीको पारीश्रमिक नदिएपछि श्रम २०४८ दफा २५ (५) को प्रयोजनार्थ प्रतिष्ठानको नाममा रहेको घर जग्गा रोक्का गर्न मालपोत कार्यललाई पत्रकार गरिएको श्रम कार्यालय विराटनगरले जनाएको छ ।
हस्पिटलबाट पारीश्रमक नपाउँने अधिकाश ग्रिनक्रसमा कार्यरत नर्सहरु रहेको बताइएको छ । उनीहरुले दुई महिनादेखि तीन महिनासम्मको पारीश्रमिक नपाएको बताइएको छ । उनीहरुले हस्पिटल प्रशासनबाट श्रम गरेको पारिश्रमिक नपाएको भन्दै श्रम ऐन २०४८ सं.स. को दफा २५ (१) अनुसार श्रम कार्यालय विराटनगर मोरङमा ०७३ साउन २० गते निवेदन हालेका थिए । त्यही अनुरुप कानुनी प्रक्रिया अगाडी बढाएको श्रम कार्यालय विराटनगर प्रमुख मनिनाथ गोपले बताए । कार्यालय हस्पिटलको नाममा रहेको सवारी साधन समेत विक्री वितरण रोक्का गर्न यातयात व्यवस्थापन कार्यालय कोशी इहटरीमा सोमबार पत्रकार गरेको प्रमुख गोपले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?