RUMPUM
animated ellipse animated ellipse

महाअभियोग प्रस्तावले न्यायलयको स्वतन्त्रतामाथि आघात

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०७४, मंगलवार २०:३०
3
Shares
विराटनगर, २६ बैशाख । प्रधानन्यायधिश माथि लगाइएको महाअभियोग र स्वतन्त्र न्यायपालीकामा दुरगामी असर गर्ने सरोकारवालाहरुले बताएका छन् । उच्च अदालत बार एशोसिएशनले कानुन दिवसका अवसरमा आज विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सहभागिहरुले दुरगामी असर गर्ने बताएका हुन ।,
प्रधानन्यायधिश माथि लगाइएको महाअभियोग र स्वतन्त्र न्यायपालीका माथि यसले पार्ने दुरगामी असर बिषयक अन्तरक्रियामा बोल्दै सहभागीहरुले महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता कालीकुमार लालले स्वार्थका कारण दलहरुले प्रधानन्यायधीश माथि महाअभियोगको प्रस्ताव दर्ता गरेर न्यायलयको स्वतन्त्रतामाथि आघात पु¥याएको बताए ।
यस्तै कार्यक्रममा बोल्दै डाक्टर भेषप्रसाद धमला, डाक्टर खगेन्द्र आचार्य, डाक्टर राजनारायण यादवले प्रधानन्यायधीश सुशीला कार्की माथि लगाइएको महाअभियोगको प्रस्तावले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको छवी धमिलिएको गुनासो गरे । उनीहरुले महाअभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर