विराटनगर, २४ बैशाख / एस.इ.इ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरेको मिस्टर एण्ड मिस एस.इ.इ. २०१७ कोशीको पहिलो अडिसन आज विराटनगरमा सम्पन्न भएको छ ।
जय मिडिया म्यानिजमेन्ट प्रा.लि.को आयोजना भएको प्रतियोगिताको पहिलो अडिसनमा १७ जना सहभागिता रहेको थियो । प्रतियोगिताको दोस्रो चरणको अडिसन आउँदो शनिबार सुनसरीको इटहरीमा हुने म्यानिजमेन्टको निर्देशक जयराज रायले जानकारी दिए । पहिलो दोस्रो र तेस्रो अडिसनबाट व्यक्तित्व, दक्षता र प्रतिभामा आधरमा छनौट भएका फाइनलमा प्रवेश गर्नेछन् ।
पहिलो अडिसनको निर्णायकहरुमा म्यानिजमेन्टको निर्देशक राय, सिइओ निशा खतिवडा, पूर्वाञ्चाल स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठलगायत रहेका थिए ।