RUMPUM
animated ellipse animated ellipse

बक्राहा खोला प्रभावित क्षेत्रका वासिन्दाले ज्ञापनपत्र वुझाए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ बैशाख २०७४, आईतवार १८:०३
3
Shares
विराटनगर, २४ बैशाख/ वर्खा लाग्नुु अगावै वक्राहा खोलामा तटबन्धन गर्न माग गर्दै बक्राहा खोला प्रभावित क्षेत्रका वासिन्दाले आज जिल्ला प्रशासन कार्यालय तथा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरमा ज्ञापनपत्र वुझाएका छन ।
वर्षा आउन एक महिना बाँकी रहदा पनि तटबन्ध निमार्णमा चासो नदेखाएको भन्दै स्थानिय वासिन्दाहरुले सिडियो कार्यालय बाहिर नाराबाजी गर्नुका साथै सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयका प्रमुख डाक्टर शिवनारायण साहलाई ज्ञापनपत्र वुझाएका हुन् ।
अमरदह, हसन्दहवाट आएका राजनितिक दल तथा सर्वसाधारणहरुले ज्ञापनपत्र वुझाएका थिए । तटवन्ध निमार्णका लागि पटकपटक आग्रह गर्दा पनि सम्वन्धित पक्षले ध्यान नदिएपछि ज्ञापनपत्र वुझाएको स्थानिय प्रताप तामाङले वताए ।
तत्काल तटवन्ध निमार्ण नगरिए गतवर्ष भन्दा यो वर्ष वाढिले झन् ठूलो क्षति पु¥याउने स्थानीयको भनाई छ । जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयका प्रमुख डाक्टर देवनारायण साहले ठेकदारको लापरवाहीका कारण यस्तो भएको वताए ।
हसन्दह स्थित वक्राहामा तटवन्धका लागि एक करोड पाच लाखमा ठेक्का लागि सकेको उनको भनाई छ । उनका अनुसार असार मसान्त सम्ममा काम सक्ने गरी हिमालय एण्ड निकिता जेवी कन्ट्रक्सनलाई ठेक्का दिएपनि सो कन्स्ट्रक्सनले अहिले सम्म माटोको मात्रै काम गरेको छ । जसका कारण पुरा काम हुन सकेको छैन ।
कन्स्ट्रक्सनलाइ पटकपटक आग्रह गर्दा पनि काम हुन नसेको साहको भनाई छ । कम्पनीले काममा लापरवाही गरेको भन्दै आफुले तत्काल काम गराउनका लागि जिल्ला प्रसासन, जिल्ला विकास समिति तथा जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाइ सकेको पनि उनले जानकारी दिए ।
गतवर्ष साउन ८ गते वक्राहा खोलामा आएको वाढिले हसन्दह–५ मा तटवन्ध भत्कदा सो भेगका आधा दर्जन गाउ विकास समितिमा क्षति पु¥याएको थियो ।
बाढिले दुईसय विघा खेती योग्य जमिनलाइ वालुवामा परिणत गर्नुका साथै तिनहजार भन्दा वढि घरमा क्षति पु¥याएको थियो । सयौ परिवार विस्थापित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर