AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ व्यापार संघको मतदान सकियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ बैशाख २०७४, आईतवार १७:३४
3
Shares
पुपराज थपलिया
विराटनगर, २४ बैशाख / मोरङ व्यापार संघको नयाँ नेतृत्वकालागि भएको मतदान सकिएको छ । आइतवार विहान सुरु ३१ औँ कार्य समिति चयनकलागि भएको मतदान दिउसो सम्पन्न भएको हो ।
6-696x392नेपालकै पूरानो व्यावसायीक संघमा वाणिज्य क्षेत्रबाट ८ जना र उद्योग क्षेत्रबाट ८ जना सदस्य निर्वाचन भएको हो । त्यस्तै वस्तुगत क्षेत्रबाट दुईजना र शाखाहरुबाट एक जना निर्वाचित हुनेछन ।

निर्वाचित सदस्यहरुबाट पून अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष र महासचिवसहित अन्य पदाधिकारी चयन गरिने छ ।

आज भएको चुनावमा १ हजार ७ सय मतदाता रहेकोमा १ हजार ६ सय ६७ ले मतदान गरेको निर्वाचन समितीले जनाएको छ । निर्वाचन समितीका अनुसार उद्योगतर्फ ६ सय २९, बाणीज्यतर्फ १ हजार २८ र बस्तुगदतर्फ १० खसेको छ ् । मोरङ व्यापार संघको नेतृत्वकालागि मैदानमा उत्रिएका पवनकुमार सारडा समुह भन्दा राजेन्द्र राउत समुह तुलनात्मक रुपमा बलियो देखिएका छन् ।

पूर्वअध्यक्षहरु र वर्तमान अध्यक्ष पवनकुमार सारडाले यसअघि बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतलाई सर्वसम्मत अध्यक्ष बनाउने भद्र सहमति गरेका थिए । तर वर्तमान अध्यक्ष सारडाले अध्यक्षमा दोहोर्याउने उद्देश्यसहित भद्र सहमती तोडेपछि दुई समूह चुनावी मैदानमा आर्लीएका हुन् । मतगणना आजै हुने निर्वाचन समितीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर