AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्डका बिद्यार्थी यसबर्ष पनि बेलायत जाने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ बैशाख २०७४, आईतवार १५:१५
3
Shares
बिराटनगर, २४ बैशाख / बिराटनगर–६ मा रहेको मेरिल्याण्ड कलेज बिराटनगरमा बेलायतको १ सय ८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट पढिरहेका ३ जना बिद्यार्थी छात्रवृत्तिमा बेलायत जाने भएका छन् । गत वर्ष पनि उक्त कलेजबाट ३ जना बिद्यार्थी बेलायतको भ्रमणमा गएका थिए ।
यस बर्ष २०१५ सालमा कलेजमा भर्ना भएको ब्याचबाट ३ जना बिद्यार्थीलाई विश्वविद्यालयले छानेर १८ दिने बेलायत भ्रमणको लागि लगिने कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले बताए । दाहालका अनुसार उनीहरुले त्यहाँ छदा अन्य देशबाट आएका बिद्यार्थीहरु सहित विश्वविद्यालयमाबिभिन्न कक्षा लिनुको साथै बेलायतको बिभिन्न बिजनेस कम्पनीहरु. संग्रालयहरु लगायतको भ्रमण गर्ने छन् । बिभिन्न अभ्यासमा छानिएका बिद्यार्थी श्रावन ८ गते देखि २२ गते सम्मको बेलायतको शैक्षिक भ्रमणमा जाने कलेजले जानकारी दिएको छ ।
बेलायतको भ्रमणमा जाने विद्यार्थीहरुको नाम असार १५ गते सार्वजनीक गर्ने करा दाहालले जानकारी दिए । छात्रवृत्तिको सम्पूर्ण बिद्यार्थी छनोट प्रक्रिया बेलायती विश्वविद्यालयलेनै गर्ने र उनीहरुको भ्रमणको सम्पूर्ण खर्च कलेज र विश्वविद्यालयले नै प्रदान गर्ने छ । उक्त शैशिक भ्रमणले बिद्यार्थीहरुको आत्मबल , क्षमता र अन्तरास्ट्रिय अनुभब बढाउने कलेजले अपेक्षा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर