विराटनगर, २४ बैशाख / बिराटनगर–३, आयल निगम पूर्व रहेको इडेन नेशनल बोर्डिङ स्कूलमा विद्यार्थी क्लबका चुनाव सम्पन्न भएको छ ।
विद्यार्थीहरुमा नेतृत्वको सीप बिकास गर्ने अभिप्रायले विद्यालयमा भएका विभिन्न क्लवमा समिति र उपसमिति गठन गर्ने प्रावधान रहेको कुरा विद्यालयका इसीए को–अर्डिनेटर यज्ञमणि बरालले वताए ।
निर्वाचनमा कक्षा ६ देखि १० सम्मका जम्मा ३ सय ५८ विद्यार्थीहरुले मतदान प्रक्रियामा सहभागि रहेका थिए । देशमा स्थानीय चुनावको चर्चा भइरहेको बखत विद्यालयले गरेको यो निर्वाचनले विद्यार्थीहरु माझ भिन्न खालको अनुभूति भएको र योग्य व्यक्तिलाई चुन्नु पर्ने ज्ञान हाँसिल भएको कुरा विद्यालयका प्रिन्सिपल सि. एम. बस्नेतले बताए ।
प्रजातान्त्रिक विधिबाट गरिएको सो निर्वाचनबाट मिडिया क्लबमा दिया तिवारी बातावरण तथा सरसफाइ क्लबमा आर्या पोखरेल साहितीक क्लबमा जेनिसा पोखरेल र भाषा निरीक्षक क्लबमा सचिन दाहाल विजयी भएका थिए ।
अध्यक्षमा विजयी हुने विद्यार्थीहरु वाल क्लबका पदेन सदस्य रहने र विद्यालय प्रशासनबाट मनोनित स्कूल क्याप्टेन इडेन बाल क्लबका अध्यक्ष हुने कुरा बिद्यालय संयोजक तारा श्रेष्ठले जानकारी दिए ।