पथरी, २३ बैशाख / पथरी आसपासका केही होटल तथा लजहरुमा प्रहरीले छापा मार्दा ५ जना पक्राउ परेका छन् ।
व्यक्तिगत सम्पर्कको आधारमा अबैध यौनधन्दा तथा वेश्यावृति गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो
त्यस्ता अवैध यौनधन्दा तथा वेश्यावृतिलाई रोकथाम तथा नियंत्रण गर्ने उद्धेश्यले ईलाका प्रहरी कार्यालय पथरीले विशेष अभियान अपरेशन सञ्चालन गरेको छ । सादा पोशाकका प्रहरीलाई परिचालन गरी तेस्ता गैह्र कानूनी क्रियाकलाप गर्ने होटल तथा लजहरुमा निगरानी र चेकजाच गरेको हो ।
चेकजाच गर्ने क्रममा पथरी बाजार स्थित खोटांगे होटलका संचालिका सुनीता राईलेनै महिला यौनकर्मीहरुलाई सम्पर्क गरी बोलाई ग्राहक भएको कोठामा पठाउने गरेको जनाईएको छ । वेश्यावृति कार्यमा संग्लग्न गराएकाले निज होटल संचालिका सुनीता राईसहित यौन कार्यमा संलग्न जिल्ला मोरंग उर्लाबारी मंगलबारेका ३ जना महिला र धरानका मिलन राईलाई पक्राऊ गरी उनीहरु विरुद्ध थप अनुसन्धान भईरहेको इप्रका पथरीका इनचार्ज राजन कार्कीले बताए ।
पक्राउ परेका महिलाहरु बिगत २ बर्ष देखि यौन पेशामा आबद्द भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले उनीहरु विरुद्ध कानून बमोजिम कारवाही गरिने इनचार्ज कार्कीले जानकारी दिए । तर सोही क्रममा पक्राउ परेका बि. बि. क्यू होटलका १ जोडी र संचालिकालाई भने अनुसन्धान गरि छाडीदिएको छ । उक्त कुरा प्रहरील खुलाएको छैन् ।