विराटनगर, २३ वैशाख / विराटनगरमा रहेको एजेलिया बोर्डिङ स्कूलमा निर्वाचनबाट स्कूल क्याप्टेन छनौट गरेको छ । स्कूल परिसरमा आज निर्वाचन पद्धति अपनाएर विद्यार्थीहरुले स्कूल क्याप्टेन र भाईस क्याप्टेन छनौट गरेका हुन ।
कक्षा दुई देखि दशसम्मका विद्यर्थाीहरुले भोट हालेर स्कूलका गरिमा कार्कीलाई स्कूल क्याप्टेनमा निर्वाचित गराएका छन् भने स्कूल भाईस क्याप्टेन समृत लम्साल रहेका छन् । स्कूलको लिडर छान्ने लोकतान्त्री अभ्यासको थालनीे गरेको स्कूलका प्रिन्सिपल सेवक बजगाईले बताए ।
स्कूलले प्रत्येक वर्ष यसरी नै विद्यार्थीहरुले निर्वाचन पद्धतीबाट स्कूल क्याप्टेन र भाईस क्याप्टेन छनौट गर्ने गरेका छन् । गुणस्तरीय शिक्षा प्रदान गर्न कठिबद्ध रहेको स्कूलले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न क्रियाकालपहरु समेत सञ्चालन गर्दै आएको छ ।