AArya
RUMPUM
animated ellipse animated ellipse

मेनेजमेन्ट क्याम्पसमा तालाबन्दी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ बैशाख २०७४, शुक्रबार २१:३६
3
Shares

विराटनगर र विभिन्न नौ बुंदे माग राख्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले आज पूर्वाञ्चल विश्व विद्यालयको मेनेजमेन्ट क्याम्पसमा ताला बन्दी गरेको छ ।
क्याम्पसले बृद्धि गरेको शुलकमा १५ प्रतिशत खारेज गर्नुपर्ने, छात्रबृति नियमित वितरण गर्नुपर्ने, विगत पाँच वर्ष देखिको क्याम्पसको आयव्यय सार्वजनिक गर्नुपर्ने, परीक्षा भएको दुइ महिना भित्रमा परीक्षा फल प्रकाशन गर्नुपर्ने लगायतका माग राख्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा अभिनिश्चित कालिन तालाबन्दी गरेका हुन् ।

विद्यार्थीहरुले क्याम्पसले विगत सात वर्ष देखि विद्यार्थीहरुलाइ छात्रबृति नदिइ शुल्क हिनामिना गरेको, पुस्तकालयमा पुराना पुस्तक ल्याएर कमिसन खाएको भन्दै आफुहरु आन्दोलित हुनुपरेको अखिल क्रान्तिकारी पूर्वाञ्चल विश्व विद्यालय म्याजेमेन्ट इकाइका इञ्चार्ज दिपेन्द्र मेहताले बताए ।
साथै उनिहरुले जतिसक्दो चाडो स्ववियु निर्वाचन घोषणा गर्न समेत माग गरेका छन् । उनिहरुले आफुहरुको माग १५ दिन भित्रमा पुरा नभए थप शसक्त आन्दोलनमा उत्रने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर