AArya
RUMPUM
animated ellipse animated ellipse

शैक्षिक मेला विराटनगरमा शनिबारदेखि हुँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ बैशाख २०७४, शुक्रबार २०:२९
3
Shares
विराटनगर, २२ वैशाख / विराटनगरमा दुई दिने बृहत भारतिय शैक्षिक भेला शनिबारदेखी सुरु हुने भएको छ । आर्यन एजुकेशन फाउण्डेशनको आयोजनामा शनिबार र आईतबार स्थानिय नमस्कार होटलमा शैक्षिक मेला हुने शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
नलेज नेट्रवर्कको सहयोग सञ्चालन हुने शैक्षिक मेलामा भारतको नाम चलेको १९ वटा कलेज सहभागि हुने फाउण्डेसनका सुदीप कुमार नायकले जानकारी दिए । मेलामा भारतको कोलकत्ता, पन्जाब, राजथानलगायतको विभिन्न सहरहरुमा रहेको नाम चलेको युनिर्भसल कलेजका प्रिन्सिपल तथा संस्थापकहरुको सहभागिता रहनेछ । मेला दुई हजार बढी विद्यार्थीहरुले प्रत्यक्ष रुपमा अवलोकन गर्नेछन् ।
उनीहरुलाई कलेजको बारेमा लागेको जिज्ञासाहरु कलेजका प्रिन्सिपलहरुले दिनेछन् । भारतमा रहेको युनिर्भसल कलेजमा इन्जिनियर कोर्षको लागि १० लाख देखी ५० लाख रुपैयाँ लाग्ने आर्यन एजुकेश फाउण्डेशनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर