AArya
RUMPUM
animated ellipse animated ellipse

मिस्टर एन्ड मिस एसइई’को अडिसन विराटनगरमा हुँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ बैशाख २०७४, शुक्रबार १६:२६
3
Shares
विराटनगर, २२ बैशाख /एसइई परीक्षा दिएर बसेका विद्यार्थीका लागि विराटनगरमा सौन्दर्य प्रतियोगिता हुने भएको छ । एसइई दिएर बसेका छात्र तथा छात्रा दुवैका लागि मिस्टर एन्ड मिस एसइई कोशी–२०१७ को सिजन–२ अन्तर्गत सौन्दर्य प्रतियोगिता हुन लागेको हो ।
आयोजक संस्था जय मिडिया म्यानेजमेन्ट प्रालिले सौन्दर्य प्रतियोगिताअन्तर्गत पहिलो चरणको अडिसन आयोजना गर्न लागेको हो । जसअन्तर्गत पहिलो अडिसन वैशाख २४ (आइतबार) गते दिउँसो १ बजेदेखि विराटनगरस्थित महेन्द्र होटेलमा सुरु हुनेछ ।
एसइई परीक्षा दिएर बसेका विद्यार्थीको आन्तरिक प्रतिभा तथा क्षमता बाहिर ल्याउन साथै उनीहरूको व्यक्तित्व विकासका लागि एसइई मिस्टर एन्ड मिस सौन्दर्य प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर